कांग्रेस रामेछाप विगतका कमिकम्जोरीलाई आत्मआलोचना, सुधार गरेर जानेमा सबै एक ढिक्का

| फागुन २९, २०७८ आइतबार

कांग्रेस पार्टी कार्यालय वीपी स्मृती भवनमा आयोजित चुनावी अभियानमा कांग्रेसीहरु, फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२९ फागुन,रामेछाप । नेपाली कांग्रेस रामेछापको आजदेखि सुरु भएको एक महिने चुनावी अभियानको प्रारम्भमा पार्टीलाई जिताउन सबै एक भएर लाग्ने आठोट् ब्यक्त गरेका छन् । 

 

पार्टीभित्र केही अषन्तुष्ट भैरहेको खबर बाहिरि रहेको बेला कांग्रेसले भने आन्तरिक कमिकम्जोरीलाई सच्याउदै कुनै पनि हालतमा पार्टीले कम्युनिष्टहरुसंग चुनावमा हार्ने छुट् भएको विषयले प्राथमिकता पाएको हो । 'हामीलाई कम्युनिष्टहरुसंग कुनै पनि बहानामा चुनावमा हार्ने छुट् छैन् उपसभापति लेखबहादुर कार्कीले अभियान कार्यक्रमा भने ।

 

आजको बैठकमा बोल्ने धेरै जिम्मेवार व्यक्तिहरुले पार्टीलाई एक ढिक्का बनाएर चुनावी मैदानमा उठ्ने र जो जसले टिकट् पाउछ  उसलाई जिताउन एक भएर लाग्ने निर्णय गरेका छन् पार्टीका एक शिर्ष नेताल रामेछाप टाइम्ससंग भने । 

 

चुनाव जित्न लाग्नुको विकल्प छैन् त्यसलाई आत्मसात् गरेको देखियो, त्यसै अनुसार हामी लाग्ने विश्वावस् पनि मिलेको छ, जिम्मेवारहरुले आत्माआलोचना गरे । विगतमा भएका कमिकम्जोरीलाई सुधारेर पार्टीलाई एक बनाएर लाने कुरामा सबै एकमत देखिए उनले सुनाए ।