‘एमाले अब हरियो रंग देख्ने बितिकै तर्सीन थाल्यो,ओलीले बाटो हिड्दा योरुख पनि हरियो भयो काट्नु पर्छ भन्न बेरछैन्’–काफ्ले (भिडिओसहित)

| फागुन ३०, २०७८ सोमबार

A A A
A A A

३० फागुन, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्लेले एमालेको हरियो रंग देख्दे बितिकै सात्तो जना थालेको टिप्पणी गरेका छन् । एक ढिक्का भएर जनताको घर–घरमा जान रामेछाप कांग्रेसलाई प्रशिक्षित् गराएका छन् । साथै अहिले कांग्रेसले चुनाव नजिते कहिले जित्ने भन्दै कार्यकर्ताहरुलाई प्रश्न गर्दै चुनाव जित्न केन्द्र नभै तल्लो स्तरको संगठन् र कार्यकर्ता तात्नु पर्ने उनको जिकिर छ । 

 

सदरमुकाम मन्थली स्थित पार्टी कार्यालय वीपी स्मृती भवनमा कांग्रेसको एक महिने चुनावी अभियान उद्घाटन् तथा प्रशिक्षण गर्दै पूर्व नेविसंघका महामन्त्री समेत रहेका नेता काफ्लेले अहिलेदेखि नै टिकट्को बारेमा छलफल गरेर बस्ने बेला नभएको बताए । काफ्लेले भने ‘केपी ओलीलाई हरियो देख्नै नहुने काँग्रेस हो कि के हो यो हरियो चल्दैन्, भोली पर्सी काठमाण्डौका हरिया रुखहरु पनि काटन लगाउ भन्न बेर छैन् ।’

 

उनले एमसीसी देश विकासको एक अनुदान् ,मात्रै भएको प्रष्टपार्दै योअनुदानले नेपालमा विद्युत र सडकको विस्तार तिब्र हुने प्रस्ट्याए । काफ्लेले नेपाली कांग्रेस संविधान कार्यान्वय गर्ने, जनताको बोल्ने दिने पक्षको लागि कांग्रेसले जित्नु पर्छ भने । 


उनले थपे ‘नयाँ पुरानो समाजवाद लागू गर्ने कांग्रेसले जित्नु पर्छ कम्युनिष्टको सरकारले कहिलै राम्रो काम नगरेको भन्दै बिष्णु पौडेलले बालुवाटार बेचेको,भिम रावलले एमसीसीका बारेमा विना आधार र प्रमाण बिनानै जनतालाई भ्रमित् पार्ने काम गरेको दाबी गरे । 

 

उनले कम्युनिष्टको पालामा हत्या,हिंसा, बलत्कार जस्ता घटनाहरु बढदै गएको स्मरण गराउदै अहिले त्यो घटेको बताए ।