रामेछापका सुमन नेपाली र रिता खड्काले गरे अन्तरजातीय बिहेः भन्छन् ‘जातीय विभेद् हटाउन सकारात्मक सन्देश दियौं’ (भिडिओ)

| फागुन ३०, २०७८ सोमबार

A A A
A A A

३० रामेछाप । रामेछापमा अन्तरजातीय विवाह गरेर एक जोडिले जातीय भेद्भाव मुक्त समाज निर्माण गर्न सन्देश दिन खोजेका छन् । 

यसरी अन्तरजातीय विहे गरेर समाजमा सबै जाती एकै हुन भन्ने सन्देश दिन खोज्नेमा मन्थली नगरपालिका वडा २ घर भएका भक्तराम दमाई र दुर्गामाया दमाईका नाती, नेत्रमान दमाई र जुना दमाईका छोरा २२ वर्षीय सुमन नेपाली (परियार) र जिल्लाकै खाँडादेवी गाउँपालिका वडा नं ८ साविकको वडा नं २ गागलभदौरे बस्ने २३ वर्षीय रीता खड्का हुन् । खड्काका बुबा प्रेमबहादुर जिल्ला समन्वय समिति रामेछापका प्रमुख हुन् । यसले पनि सुमन र रिताको अन्तरजातीय विवाह सबैको चासोको विषय बन्न पुगेको छ, यतिबेला । 

सुमन र रिताले गत फागुन २३ गते सोमबार जिल्ला अदालत भक्तपुरमा कानूनी रुपमा बिहे गरेका हुन् । संगसंगै पढेका उनीहरुबीच २ वर्षदेखि मायाँ प्रेम रहेको र गहिरिँदै गएपछि विवाहमा बदलेर संगै जीवन कटाउने निधो गर्दै आफूहरुले कानूनी र परम्परागत रुपमा मन्दिरमा गएर विवाह गरेको रिता खड्काले बताइन् ।

संविधानले जुनसुकै भाषा, धर्म, जातजाती, संस्कृतिमा रहेपनि उमेर पुगेका केटा केटीको मनमिलेमा विवाह गर्न सक्ने व्यवस्था गरेको छ । तर, देशका कुनाकन्दारामा अजै पनि अन्तरजातीय विवाह गर्नलाई सहज भने भएको छैन् । 

यसको असर सुमन र रितामा पनि परेको उनीहरुले सोमबार आज सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन् गरि सुनाएका छन् । आफूहरुले अन्तरजातीय विवाह गरेकै कारण आफूहरुलाई केटी पक्षका आफन्तहरुबाट दबाब आएको विवाहित् जोडी दुवैले पत्रकार सम्मेलनमा बताए । 


यसरी अन्तरजातीय विवाह गरेको पहिलो घटना भने हैन् । कतिपयलेत अन्तरजाती भित्रै मागी बिहेसमेत गरेको उदाहरण रामेछापमै छ ।

यसको पछिल्लो उदाहरण जिल्लाकै उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डार सोतर्मू बस्ने सुरेश सुनुवारकी छोरी बिमला सुनुवार र जिल्लाकै गोकुलगंगा गाउँपालिका वडा २ ठोस बस्ने रुपक बस्नेतबीच गत माघ १३ गते मागी विवाहनै भएको थियो  । 

उनीहरु दुवैले प्रेमसम्बन्धलाई पारिवारीक स्वीकृतिमा वैवाहिक जीवनमा परिणत गरेका थिए ।

बिमला सुनुवार र रुपक बस्नेतबीच भएको मागी विवाहको निमन्त्रणा कार्ड।

नोटः खड्काको परिवारको आग्रहमा परिवारीक परिचय हटाइएको ।