एक स्थानीय तहमा कांग्रेस हुदाँ प्रदेशको उत्कृष्ठ भयो, अबसबै हामीलाई जिताउनुस् दशभरीकै एक नम्बर बनाउछौं– न्यौपाने

| फागुन ३०, २०७८ सोमबार

A A A
A A A

३० फागुन, रामेछाप । नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति लवश्री न्यौपनेले आउँदो निर्वाचनमा रामेछापमा कांग्रेसलाई जिताए र रामेछाप जिल्लालाई नेपालकै नमूना जिल्ला बानउन सहयोग गर्न आममतदातामा अपिल गरेका छन् । उनले भने ‘यो पटक कांग्रेसले नेतृत्व गरेको रामेछाप नगरपालिका बागमती प्रदेश भरीकै उत्कृष्ट भयो । एक स्थानीय तह हाम्रो हुँदा त,अब पूरै रामेछापमा हामीलाई जिताउनुस् हामी देशभरीकै नमूना जिल्ला बनाउछौं । त्यो लक्ष्य कांग्रेससंग छ।’ उनले रामेछाप नगरपालिकालाई धन्यवाद् दिए । 

 

सोमबार रेडियो झंकारको कार्यक्रम ‘निर्वाचन विषेशमा’ पत्रकार मिलनसंगको कुराकानीमा लामो समय रामेछापको कांग्रेसको नेतृत्व गरेका न्यौपानेले यस्तो बताएका हुन् । उनले कम्युनिष्टहरुले भ्रष्टचार गरेर आफन्ता पोष्ने काम मात्रै गरेको दाबी गर्दै अब कांग्रेस निर्वाचनबाट आएर विकास र समृद्धि अगाडि बढाउने जिकिर गरे । उनले अहिलेको स्थानीय तहरुले जगबसालेको उनको भनाई छ। 

निवर्तमान सभापति न्यौपानेले पार्टी एक ढिक्का रहेको भन्दै चुनावमा ६ वटा स्थानीय तह हालसम्म जित्ने निश्चित् बनेको बताए । उनले आफू पार्टीको एक पहरेदार सिपाई भएको भन्दै पार्टीले जुनठाउँ/पदमा योग्य उठन त्यसको लागि तयार रहेको छु भने । ‘संघ,प्रदेश, नगर जहाँलड् भनेर पार्टीले टिकट् दिन्छु भन्छ म तयार छु ।’

 

एमसीसी विकास अनुदान भएको प्रष्ट्याउदै जिल्ला कार्यसमितिका विशिष्ठ सदस्य समेत रहेका न्यौपानेले यसको कार्यान्वयनमा दत्तचित भएर लाग्नु पर्ने सुझाए। 'कार्यन्वयन बरु चुनौती छ अब त्यता लाग्नु पर्छ ।'

 

पार्टीभित्र सानातिना समस्या हुने भन्दै संगठन विस्तार र जनतालाई पार्टीको आवश्यकता बुझाउनु पर्नेमा केन्द्रीत भएर लाग्नु पर्ने बताए । ‘पार्टीलाई दुर्घटनाबाट बचानु हामीसबैको भूमिका छ हामी त्यो बचाउन सबै तयार छौं ।’