शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै तामाकोशी बोर्डिङ् स्कूलका प्रधानाध्यापक खड्का समानित्

| चैत १, २०७८ मंगलबार

A A A
A A A

१ चैत्र, रामेछाप । रामेछाप जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै तामाकोशी इङ्लिस् बोर्डिङ् स्कूलका प्रधानाध्यापक दीपक खड्का समानित् भएका छन् । 

 

फोकस नेपालले आयोजना गरेको “वर्तमान शिक्षा नीति र आगामी चुनौतीहरु” विषयक विचार गोष्ठी कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको हातबाट सोमबार खड्का सम्मानित् बनेका हुन्। 

 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङको समेत उपस्थित रहेको उक्त कार्यक्रममा कृषि, शिक्षा, सहकारी, होटल,व्यवसाय, पर्यटन, घरेलुउद्योग आदी क्षेत्रमा बिशेष योगदान गर्ने संघसंस्था तथा ब्यक्तिहरु सम्मान गरिएको थियो । सो अवसरमा रामेछापका खड्का पनि सम्मानित् भएका हुन् । 


जिल्ला सदरमुकाम मन्थलीमा वि.स.२०५९ मा स्थापना भएको तामाकोशी स्कूलले जिल्लाको शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै समानित् भएको प्रअ खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

विगत १८ बर्षदेखि सञ्चालित बोर्डिङ्ले जिल्लाको मानव विकास सूचाङक पछाडि परेको शैक्षिक गुणस्तर अभिवृद्दि गर्न भूमिका खेलेको आधार मानी बोर्डिङ् स्कूल सम्मानित् भएको हो ।