ठोसेमा आगोलागीः दुई घर जल्दा १२ लाख बढीको क्षेती

| चैत १, २०७८ मंगलबार

A A A
A A A

१ चैत्र,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा आगोलागीमा हुदाँ दुईवटा घर जलेका छन् । सोमबार दिउँसो करिव १ बजेको समयमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

 

आगोलागीबाट स्थानीय निमा तामाङको भुकम्पपछि बनाएको ढुङ्गामाटो बनेको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । आगो के कारणले लागेको भन्ने खुलेको छैन् । 

 

आगोलागीबाटा १२ लाख २ हजार रुपैयाँ बराबरको क्षेती भएको प्ररम्भिक अनुसन्धानबाट खुलेको श्रेष्ठले जानकारी दिए ।  प्रिमन्सुन् लागेसंगै जिल्लामा आगोलागीका घट्ना घट्नथालेका छन् ।

 

केही दिन अगाडि जिल्लाकै उमाकुण्ड गाउँपालिका वडा नं ७ गुप्तेश्वरमा पनि बाख्रालाई खोले तताएको आगोबाट गोठमा आगो सल्किदा अपाङ्गता भएकी १८ वर्षीय मिनकुमारी मगरको ज्यान गएको थियो ।  आगलागीबाट गोठ पूरै जलेको प्रहरीले जनाएको छ ।

पीडितलाई खाद्यान्न सहयोग 
आगोलागीबाट पीडित निमा तामाङ्को परिवारलाई गोकुलगंगा गाउँपालिकाले मंगलबार आज खाद्यान्न सहयोग गरेको पालिका अध्यक्ष खड्ग सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । आगोलागीमा परेका तामाङ्को परिवाराई तत्कालको लागि खाना, ओड्नको लागि अति आवश्यक सामाग्री सहयोग गरेको अध्यक्ष सुनुवारले बताए ।