केपी ओलीकै कारण एमाले छाडेको हुँ, माओवादीसहित साना कम्युनिष्ट् पार्टीबीच एकिकृत हुने सम्भावना धेरै छ-केन्द्रीय सदस्य कंडेल (भिडिओ)

| चैत २, २०७८ बुधबार

A A A
A A A

२ चैत्र, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एकिकृत समाजवादी एस) का केन्द्रीय सदस्य झम्क कंडेलले केपी ओलीको कार्याशैलीको कारण आफूले पार्टी परित्याग गरको बताएका छन् । छिटै माओवादी र एकिकृत समाजवादी पार्टीसहित साना अन्य कम्युनिष्ट् पार्टीबीच एकिकृत हुनेसम्भावना बढेको उनको भनाई छ ।

 

बुधबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै केही दिन अगाडिमात्रै एमाले परित्याग गरेका नेता कंडेलले ओलीकै कारण आफू पार्टी छोड्न बाध्य भएको बताएका हुन् । उनले भने ‘ओलीको निरङ्कूस कार्यशैली, अहम्ताकै कारण नयाँ र एकिकृत बाटो समाएको हुँ ।’ 


उनले थपे ‘ओलीले पार्टीमा व्यक्तिबादी हाबी गरे,नेताहरुलाई मानमर्यादा गरेरन् मनै सर्वोसर हुँ भन्ने ठाने । अहिले देशमा जति पनि समस्या खडा भएका छन् पार्टीदेखि सर्वोच्च अदालत् त्यो सबै समस्याको जड् ओली र ओली प्रवृति हो, ओलीको कार्यशैलीको कारण सुरु भयो ।’

 
उनले ओलीले माओवादी र एमाले एकिकरणबाट बनेको (नेकपा) को एकतालाई लिएर हिड्न नसकेको बताए । एक पछि अर्को अर्दै देश र संविधानमाथि प्रहार गर्ने मात्रै ओलीको काम भएको नेता कंडेलको भनाई छ । ‘उनको पहिलो संसद् ठिक-ठिकै भएपनि दोस्रो पटकको संसद् विगठन् गर्नु आफ्नो शाशकिय अहम्ता र घमण्ड हो । देशलाई उधोगतीमा धकेल्ने र अध्यारो युगमा प्रवेश गाउने काम हो ।’ 

उनले राजनीतिक दलहरुलाई सहिमार्गमा ल्याउन प्रेसको महत्पूर्ण हुने पनि बताए । उनले देश विकास र समृद्धिलाई अब एकिकृत समाजवादी पार्टीले मात्रै अगाडि बढाउने दाबी गरे ।

 

स-साना कम्युनिष्ट पार्टीहरुलाई एकतृत गरेर विकासको बाटोमा (एस)ले मात्रै लैजान सक्छ भने । ‘कम्युनिष्ट साना पार्टीहरुलाई एकिकरण गरेर हिड्नु पर्छ भन्नेमा छौं म, त्यसको पक्षमा छु ।’ एमालेसंग पनि ओली बाहेकका नेताहरुसंग भने मिलेर हिड्न सक्ने उनले बताए  ।


उनले चुनावमा गठबन्ध स्थानीय आवश्यक्ताको आधारमा हुने भन्दै एकिकृत समाजवादीले संगठन विस्तार, गठनसंगसंगै चुनावी योजना,ऐजेण्डा लिएर जनताको घर घरमा पुगिरहेको उल्लेख गरेका छन्।