नीति,विधि र नागरिका आवश्यकता बुझेर काम गर्दा बागमती प्रदेशकै उ्कृष्ठ स्थानीय तह बन्यौं ‘मेयर र उपमेयर’ (भिडिओ)

| चैत २, २०७८ बुधबार

A A A
A A A

२ चैत्र, रामेछाप । रामेछापको रामेछाप नगरपालिका रणनीतिक योजना अनुसार अगाडि बढ्दा बागमती प्रदेशकै उत्कृष्ठ नगरपालिका घोषित् भएको छ । यो नगरपालिका देशभरीका स्थानीय तहमा पनि १६ औं स्थानमा परेको छ ।

 

रामेछाप जिल्लाकै अन्य स्थानीय तहहरु सामान्य अंक ल्याएर चित्ता बझाउनु पर्ने अवस्था भैरहदाँ रामेछाप नगरपालिका भने प्रदेशकै उत्कृष्ठ नगरपालिका घोषित बनेर सबैको स्याबासी कमाउन सफल बन्यो । यसरी यो ५ वर्षे कार्यकालमा आफूहरुले अरु भन्दा ठूला ठूला, धेरै नयाँ काम नगरेपनि प्रदेशभरीकै उत्कृष्ठ हुनुमा नीति, विधि र दीर्घकालिन योजनाको काम गर्नु नगरप्रमुख नरबहादुर थापामगरले बताएका छन् ।

 

‘हामीले धेरै राम्रो, सबै राम्रो आमूल परिवर्तनको काम गर्यौ भन्दैनौं गरेका पनि छैनौं । तर, नीति,विधि र दीर्घकालिन काम हामीले सुरुवात गरेका छौं । जग बसालेका छौं बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रममा भने । उनले आफूहरुले शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, पूर्वधार विकास लगाएमा समान रुपले काम गरेको स्पष्ट पारेका छन् । 

 

त्यस्तै उपप्रमुख सिर्जना खड्काले पनि आफूहरुले सबैको सहयोगलेनै यो सफलता भएको बताइन् । ‘बामेसरेको नगरलाई प्रदेशको उत्कृष्ठ बनाउन सबै वडाअध्यक्ष, कर्मचारीहरुबाट ठूलो सयगयो भयो अनि हामी सफल भयौं ।’


नगरिकहरुसंग प्रत्यक्ष जोडिएका सेवाहरु प्रवाह गर्दै स–साना मागहरुलाई पूरा गर्न केन्द्रित् भएको स्मरण गरिन् । उनले पर्यटन क्षेत्रको विकास र विस्तारलाई अझै अगाडि बढाउनु पर्न बताइन् । उनले पर्यटन विकासको लागि हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गरेको जानकारी दिइन् । 


नगरपालिकाका सबै स्थानहरु धार्मिक, पर्टयकिय र ऐतिहासिक भूगोल भएको भन्दै यसलाई पर्यटक रुपमा विकास र विस्तार गर्नु पर्नेमा जोड् दिइन् ।