संचारकर्मी सौजन्य सत्यालसहित तीन एमाले नेता एकिकृत समाजवादी प्रवेश

| चैत ३, २०७८ बिहिबार

A A A
A A A

३ चैत, रामेछाप । संचारकर्मी एवं पत्रकार सौजन्य सत्याल एकिकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।

 

गत बुधबार केन्द्रिय अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा उनी एकिकृत समाजवादी पार्टी (एस) प्रवेश गरेका हुन् । कानुन व्यवसायी समेत रहेका सत्याल नेपाल पत्रकार महासंघ रामेछापको गत जिल्ला अधिवेशनमा प्रेस चौतारी नेपाल रामेछापबाट महासंघको अध्यक्षको उम्मेद्वर समेत बनेका थिए । 

 

जिल्ला सदरमुकाम मन्थलीबाट संचालित रेडियो रामेछापका स्टेसन म्यानेजर समेत रहेका सत्याल सहित एमालेबाट गाविस अध्यक्ष समेत बनेका अन्य दुई एमाले नेताहरुलाई अध्यक्ष नेपाल, रामेछापका जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय पोलिट्ब्यूरो सदस्य देवशंकर पौडेल लगाएतले स्वागत गरेका थिए । 

भिडिओ हेर्नुहोस्