भोली प्रधानमन्त्री देउवा देशकै ठूलो सबस्टेसन् उत्घाटन गर्न रामेछाप आउनेः यस्तो छ तयारी ‘सेडूल्’

| चैत ४, २०७८ शुक्रबार

A A A
A A A

४ चैत, रामेछाप । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली शनिबार रामेछापको मन्थली आउने भएका छन् । उनले देशकै ठूलो जलविद्युत् आयोजना ‘सवस्टेसन् उत्घाटन् गर्ने छन् । 

 

प्रधानमन्त्री देउवा शनिबार बिहान ९ बजे जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको  वडा नं १३ फुलासीको साविकको देवीटार-मिल्ती आउने सेडूल तयार भएको नेपाली कांग्रेसका प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘बिहान ९ बजे प्रधानमन्त्री आउने जानकारी प्राप्त भएको छ । जिल्ला कार्यसमितिले स्वागत गर्ने तयारी गरेका छौ । उहाँ सवस्टेसन् उत्घाटन् गरेर अपरतामाकोशी जाने कार्यक्रम छ ।’

 

प्रधामन्त्री देउवालाई स्वागत गर्न कांग्रेस जिल्ला कार्यसमिति सबैलाई जानकारी गराइसकेको र सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ सहितको टोली त्यहाँ पुग्ने तयारीरहेको प्रवक्ता बोगटीले बताए । प्रधानमन्त्री देउवाले उत्घाटन् गर्ने यो सवस्टेशन देशकै ठूलो सवस्टेशन रहेको नेपाल विद्युत् प्राधिकारणले जनाएको छ। 

 

यो सबस्टेशनलाई प्राधिकरणले न्यु खिम्ती नाम दिएको छ । जिल्लाको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ । 

 

त्यही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाण्डौ जोडिएको छ । सबस्टेशनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ । ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ ।

 

विसं २०७५ देखि निर्माण सुरु भएको यो सबस्टेशन गएको असारमा निर्माण सम्पन्न भएको हो । सुरुवाती लागत एक अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना महामारीलगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियशन’ भएको छ ।

 

नयाँखिम्ती सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । 


यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमल १ मेगावाट क्षमताको लिखु ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित पनि बिजुली जोडिएको छ ।


त्यस्तै गोकुलगंगाको गजाङ् हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत यही सबस्टेशनमा जोडिने तयारी छ । यो सबस्टशेनमा कुल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने  क्षमता रहेको फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिए । 

 

रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले यो सबस्टेशन प्राधिकरणको भाषामा ‘हब सबस्टेशन’का रूपमा विकास हुनेछ ।