स्वास्थ्य मन्त्रालयले मन्थली अस्पताललाई पठायो २१ लाख बराबरको स्वास्थ्य सामाग्री

| चैत ४, २०७८ शुक्रबार

A A A
A A A

४ चैत,रामेछाप । रामेछापको मन्थली अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ लाख बढी मूल्य बराबरको स्वास्थ्य सामाग्री पठाएको छ। केही दिन अगाडि जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले संचालन गरेको अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री माग गर्दै मन्थली नगरपालिका प्रमुख समेत रहेका एकिकृत समाजवादी पार्टी (एस) रामेछापका अध्यक्ष रमेशकुमार बस्नेतको सिफारिसमा एस पार्टीका नेताहरु स्वास्थ्य मन्त्रालय पुगेर मन्त्रीको ध्यानाकर्षण गरेका थिए । 

 

सोही ध्यानाकर्षणलाई प्राथामिकता दिदै मन्त्रालयले पहिलो चरणमा २१ लाख बराबरको सामाग्री पठाएको (एस) जिल्ला कमिटी सचिवालय सदस्य नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार अस्पताललाई सामाग्री झिकाउनको लागि नगरप्रमुख बस्नेत र उपसचिव दीपक बुढाथोकीले विशेष पहल गरेका थिए । आज शुक्रबार मन्त्रालयले भेन्टिलेटर,अक्सिजन सहितको सामाग्री पठाएको एसका नेता गणेशबाबु खड्काले जानकारी दिए । 

 

जिल्ला सदरमुकाम मन्थलीबाट संचालित प्राथामिक स्वास्थ्य केन्द्र मन्थली केही समय अगाडि मात्रै मन्थली अस्पतालको रुपमा स्तर उन्नती भएर निरन्तर सेवा वृद्धि, विकास एवं थप प्रवाह गर्दै आएको छ।

यी सामाग्री पठाएको छ स्वास्थ्य मन्त्रालयले ।