मन्थली नगरपालिका र राष्ट्रिय बाणिज्य बैंकबीच २ प्रतिशत् ब्याजमा बिना धितो ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर

| चैत ५, २०७८ शनिबार

A A A
A A A

५ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले राष्ट्रिय बाणिज्य बैंकसंग सौहूलियत् पुर्ण कर्जा तथा लगानीको लागि सम्झौता गरेको छ । योसंगै अब मन्थली नगरपालिकाभित्र उद्यम गर्न ईच्छुक जो कोहीले वाणिज्य बैंकबाट बिना धितो २ प्रतिशत ब्याजमा ऋण पाउने छन् । 

 

शुक्ररबार हिजो बाणिज्य बैंकको केन्द्रिय कार्यालयमा नरप्रमुख रमेशकुमार बस्नेत र बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नगरप्रमुख बस्नेतले रामेछाप टाइम्ससंग भने ‘अब नगरभित्रका कृषि,पर्यटनलगाएत उत्पादनसंग जोड्ने कुनै पनि काम गर्न लगानी भएन भनेर बस्नु पर्नेछैन । नगर त्यसको साँची बस्छ योजना लिएर आएपछि उहाँले रा‍ब‍बाट २ प्रतिशत ब्याजमा बिना धितो लगानी पाउनु हुन्छ ।’

 

उत्पादन गर्न चहानेले लगानी नभएर बस्नु पर्ने दिनको अन्त्यको लागि यो सुरुवात् गरेको बस्नेतको गदाबी छ । कोरोना महामारीले थिलथोलो पारेको व्यपार व्यवसायलाई थपन यसले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

 

विशेष गरि कृषि, पशुपालन र साना उद्योगको विकासको लागि यो सम्झौता कोशेढुङ्गा सावित हुने एकिकृत समाजवादी पार्टी रामेछापका अध्यक्ष समेत रहेका बस्नेतको भनाई छ । ‘पहिलै हुने मिति तय गरेका थियौं । कोरोना महामारीले पछि धकेलियो ढिलै भएपनि सुरु गरेका छौं । योजना हेरेर बजेट प्राप्त हुने छ ।यती भनेर तोकेका छैनौं ।’

 

सम्झौता हस्ताक्षरमा सहभागी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले नगरबासीको हितको लागि महत्वपूर्ण काम थलानी भएको बताए । लगानी गर्ने ठाउँ खुल्ला भएको छ यसको सदुपयोग गर्न सक्नु पर्छ।’