बालिकालाई २१ घण्टा बाँधेर यातना दिएको घटना पक्ररणः मानव अधिकार संजालले भन्यो ‘निष्पक्ष छानबिन्, पीडितलाई न्याय र दोषीलाई कारबाही गर’

| चैत ६, २०७८ आइतबार

A A A
A A A

६ चैत,रामेछाप । मानव अधिकार संजाल रामेछापले १२ वर्षीय नाबालिकालाई २१ घण्टासम्म बाँधेर चरम यातना दिएको घटना प्रति गम्भिर ध्यानार्षण भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आग्रह गरेको छ । साथै उसले पीडित भनिएकी १२ वर्षीय सरिता नेपालीको परिवारलाई नगद ५ हजार आर्थिक सहयोग समेत प्रदान गरेको छ ।

 

आइतबार आज सदरमुकाम मन्थलीमा मानव अधिकारकर्मीहरुको एक भेलाले मन्थली नगरपालिका वडा नं ६ भलुजोरमा दलित समुदायकी बालिकालाई गैर दलितको घरभित्र पसेको आरोपमा गत फागुन ३० गते अपराह्न ४ बजेदेखि चैत १ गते मध्यान्ह १२ बजेसम्म बाँधेको घटना सार्वजनिक भएको थियो । सो घटनालाई गम्भीरता पूर्वक लिई घटनाका आरोपीलाई कारबाही गर्न संजालले माग गरेको हो । 


छिमेकी शेरबहादुर श्रेष्ठले बालिका नेपालीलाई आफ्नो घरभित्र पसेर दही खाएको आरोप लगाउदै ४ घण्टा घरको थाममा झुण्ड्याएरसहित २१ घण्टा बाँधेर चरम यातना दिएका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धार गरिरहेको छ । घटनाबारे चासो राख्दै उसले घटनालाई एक समुदायको मात्रै नभएर सिंगो सचेत मानवजातिको चासोको विषय भएको उल्लेख गरेको छ । 


साथै सो घटनामा कुनै पनि खालको प्रभावमा नपरि निष्पक्ष छानबिन् गरि पीडितलाई न्यान र पीडकलाई कानूनी कारबाहिको दायरामा ल्याउन जोड्दार माग गर्दछ जारी विज्ञप्तिमा उल्लेख छ । साथै यस्ता घटना दोहोरिन नदिनको लागि समेत संजालले सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ । 


बालिकालाई यातना दिएको घटनामा श्रेष्ठलाई पक्राउ गरेर जातिय छुवाछुत् बिरुद्ध र शारिर बन्दक तथा कुट्पीट् सम्बन्धि मुद्दामा अनुसन्धान भैरहेको भनिएको छ । घटनामा पीडित भनिएकी बालिकाकी आमाले भने आफूहरु छिमेकी भएको हुदाँ मर्दापर्दा चाहिने भन्दै घटनालाई मिलाउनु पर्ने भन्दै आएकी छन् । 

 

त्यस्तै श्रेष्ठकी श्रीमतिले आफ्ना श्रीमानलाई तत्काल छुटाउन पहल गर्न पीडितकी आमालाई धम्कि, आश्वसन् समेत पकट-पकट दिने गरेको स्रोतको दाबी छ ।

विज्ञप्ति हेर्नुहोस्