नेविसंघ रामेछापले तोक्यो आठवटै स्थानीय तहमा प्रतिनिधिः चुनावी प्रचार र संगठन विस्तार मुख्य एजेण्डा (कसलाई कुन स्थानीय तह)

| चैत ७, २०७८ सोमबार

A A A
A A A

७ चैत,रामेछाप । नेपाल विद्यार्थी संघ  (नेविसंघ) रामेछापले आसन्न स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै आठवटै स्थानीय तहमा प्रतिनिधि तोकेको छ । उनीहरुलाई त्यहाँ निर्वाचनलाई सफल पार्न र संगठन विस्तार गर्न निर्देशन दिएको हो ।  

 

गत बुधबार सदरमुकाम मन्थलीमा बसेको नेविसंघ रामेछापको पदाधिकारी बैठकले दुई नगरपालिका सहित ६ वटै गाउँपालिकामा निर्वाचन केन्द्रीत गतिविधि अगाडि बढाउन र ‘‘घर घर जाउँ कांग्रेसलाई जिताउ’’ भन्ने मुल अभियानलाई सफल बनाउन प्रतिनिधि तोकेको स्ववियु सचिव समेत रहेका नेविसंघका नेता विमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

 

जिल्ला सभापति शुशिल अधिकारीले सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सचिव पौडेललाई जिम्मेवारी तोकेका छन् ।

 

त्यस्तै रामेछाप नगरपालिकामा युवराज सुवेदीलाई प्रतिनिधि खटाएका छन् । 

 

त्यस्तै उमाकुण्ड गाउँपालिकाको जिम्मेवारी प्रज्वल बुढाथोकीले पाएका छन् भने गोकुलगंगा गाउँपालिकाको जिम्मेवारीमा सोही पालिकाका स्थानीय समेत रहेका धिरज खत्रीले जिम्मेवारी पाएका छन् ।  भने लिखु तामाकोशी गाउँपालिकामा बिनोद बुढाथोकीलाई प्रतिनिधि खटाइएको छ । 

 

त्यस्तै सुनापति गाउँपालिकामा उत्तमकुमार कार्कीलाई खटाइएको छ, भने दोरम्बा शैलुङ् गाउँपालिकामा राहुक थापामगरले जिम्मेवारी पाएका छन् । 

 

यता खाँडादेवी गाउँपालिकामा सोही पालिकाका प्रभाकर ढुङ्गेललाई जिम्मेवारी सुम्पिएको छ । 

 

नेविसंघले पार्टीको निर्देशन अनुसार चुनावी गतिविधिलाई अगाडि बढाउने र बाँकि रहेको स्थानीय तह, वडाहरुमा संगठन विस्तार, गठन, चुनावी प्रचार गर्ने पौडेलले बताए । 

 

यसअगाडि कांग्रेस  क्षेत्र नं १ ;क' ले पनि निर्वाचनको लागि प्रतिनिधि तोकि सकेको छ। 

नेविसंघको जिम्मेवारी पत्र हेर्नुहोस । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार