उपचार गर्ने खर्च सकिएपछि रामेछापका कुमार बिक उपचार बिनै घरफर्किदै,सहयोगको गरिदिन परिवारको अपिल

| चैत ७, २०७८ सोमबार

A A A
A A A

७ चैत, रामेछाप । उपचारको लागि आर्थिक अभाव भएपछि रामेछापका एक पुरुष उपचारबीनै घर फर्किनु पर्ने बाध्यतामा परेका छन् ।

 

रामेछापको,रामेछाप नगरपालिका वडा नं ८ बस्ने ४५ वर्षीय कुमार बिकलाई केही महिना अगाडि मानसिक समस्या देखियो  । उनी मानसिक रोगबाट ग्रसित् बनेका छन् । 

 

सानै उमेरमा पनि उनलाई उक्त समस्या भएको र उपचारपछि ठिक भएको उनका भाई नाता पर्ने प्रकाश बि‍कले रामेछाप टाइम्सलाई भने । ‘मानसिक रोगबाट पीडित बनेका छन् । हामीले सक्ने गर्यौ, अलि–अलि भएको पैसा पनि सकियो । छोरो पनि घरमा खर्च सकियो केही÷कोही सहयोगी हातहरु भए व्यवस्था गरि पाउँन भन्छ, बिरामीका छोरा बिनोद बिकको गुनासो सुनाउदै प्रकाशले भने ।’

 

इन्जिनेरिङ् सकेका बिनोद बेरोजगार छन् । उनले कतै काम पाएका छैनन् । कामको खोजीमा उनी दैनिक भौतारिन्छन् । ‘काम पाएपछि केही गर्छु, अहिलेलाई केही सहयोग गर्ने वातावरण मिलाउनु पर्यो बिनोदको गुनासो । 

 

उनले थपे ‘घरमा दुई जना बहिनी र आमा पनि छन् । बाउँबाजेको पूर्खेउली सम्पती पनि छैन् । बुबाको उपचारको लागि सक्दो कोशिस गरियौं, भएको पैसा सबै सकियो अब त, औषधि किन्नको लागि पनि पैसा छैन् ।’ 

 

बुबाले दिनभरि मजदुरी गरेरै कमाएको पैसाले पनि मलाई पढाउनुको साथै घर चलाउदै आएका थियौं बिनोदको दुःखेसो । एक महिना बढि भैसक्यो अस्पतालमा दैनिक हजार, बाह्र÷सय खर्च उठ्छ कहाँबाट ल्याउनु त्यत्रो पैसा अब घर लगेर पनि रोक्न सक्दैनौं ठूलो समस्या आयो’ भाई प्रकाशले भने । 

 

बिरामी भएका कुमारलाई गाह्रो भएको बेला २ चार जना लाठे चाहिन्छ थेग्नलाई । 


कुमारलाई हाल मानसिक अस्पताल लगन खेलमा राखिएको छ। उपचारको लागि दैनिक १२००–१५००÷ खर्च धान्न नसकेर परिवार अब बिचल्लीमा पर्ने अवस्थामा पुगेको हो । 

 

अस्पतालका डाक्टरहरुले एक महिना जती अस्पताल राखेमा कुमारको स्वास्थ्य अवस्था ठिक हुने बताएको प्रकाशको भनाई छ । 

 

ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउदै आएका बिक आफैलाई गम्भीर मानसिक समस्या भएकाले यो स्थितिमा आएको प्रकाशको भनाई छ । साथै आफूले सो परिवारको दुःखलाई बुझ्दै जिल्लामा सक्रिय सहयोगी हातहरु रामेछाप सहयोगी मन (रासम)  लगाएतको टिमलाई सहयोगको लागि अपिल गरेको जानकारी दिए । 

 

यता रासमले पनि कुमारको परिवार दुःखको चपेटामा परेको भन्दै सहयोगी हातहरुको लागि अपिल गरेको जनाएको छ । उसले पीडितका छोराको बैंक खातामा केही व्यक्तहरुले रकम समेत जम्मा गर्न सुरु भएको जानकारी दिएको छ । सबै जनाले उहाँको परिवारलाई दुई दिनको खाजा खर्च घटाएर सहयोग गरौं । हाम्रो सानो सहयोगले कसैको परिवारको उद्दर हुनुधर्म हो, यो कर्ममा सबै लागौं रासम भन्छ । 

तपाई पनि सहयोग गर्न चहानुहुन्छ भने 

बिनोद बिकको बैंक खाता प्रभ बैंक मंगलबजार लालितपुर शाखा, 02701619823000016,