तामाकोशी अस्पतालको फोहोर जलाउँन बालेको आगो वनमा सल्कियोः आगो नियन्त्रणमा, एक सेना घाइते

| चैत ७, २०७८ सोमबार

तस्विर स्रोत (रासम)
A A A
A A A

७ चैत,रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पताल नजिकै लागेको आगो नियन्त्रणमा आएको छ । आगो निभाउन क्रममा नेपाली सेनाका एक जना घाइते भएका छन् । 

 

आज दिउँसो करिब १ बजेको समयमा अस्पतालले फोहोर जलाउन बालेको आगो हावा आएर उडाउदाँ नजिकैको वनमा सल्किएको थियो ।

 

एक्कासी वनमा आगो सल्किएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रामेछापका सहयोगी मन (रासम) लगाएतको टिमले आगो नियन्त्रणमा लिएको हो । 


आगो निभाउने क्रममा दमकलको पाइप समाउने क्रममा नेपाली सेनाका युवाराज शर्मा घाइते भएका हुन् । उनको अहिले तामाकोशी अस्पतालमा उपचार भैरहेको छ ।

 

उनको अवस्था सामान्य रहेको बताइएको छ । सामान्य घाइते सेवाको उपचार अस्पतालले निःशूल्क गर्ने बताइएको छ । 


आगोलागीबाट पानीका पाइपहरु जलेको छन् ।