काग्रेस नेता श्रेष्ठ भन्छन्–‘पहिले मलाई पनि एमसीसी राम्रो हैनकी भन्ने लाग्थ्यो,अहिले बुझे देश विकास गर्ने सुनौलो अवसर हो भन्ने स्पष्ट भए (भिडिओसहित)

| चैत ८, २०७८ मंगलबार

A A A
A A A

८ चैत,रामेछाप । नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले आउँदो चुनाव कांग्रेसले कुनै पनि हालतमा जित्नु पर्ने बताएका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) देशको हितमा रहेको उनको जिकिर छ । ‘पहिले मलाई पनि एमसीसी मन पर्दैनथ्यो । निर्दोष जनतामाथि पानीका फोहोरा हान्दा मन रुन्थ्यो, अहिले राम्रोसंग बुझे त्यो राष्ट्रघाति हैन । राष्ट्रको विकास र समृद्धि तर्फ अगाडि लाने सुनौलो विदेशी सहयोग मात्रै हो भन्ने स्पष्ट भए उनले भने ।’

 

रेडियो झंकारको कार्यक्रम 'निर्वाचन विशेष' पत्रकार मिलनसंगको कुराकानीमा सभापति श्रेष्ठले कम्युनिष्ट पार्टीहरुको दोहोरो चरित्रको कारण एमसीसीमाथि भ्रम सिर्जना भएको बताए । ‘कांग्रेसले सिन्दुर हाल्ने काम मात्रै गरेको हो । लगन जुराउने 'लव' गर्ने सबै काम कम्युनिष्टहरुलेनै गरेका हुन् ।’ 


उनले आउँदो स्थानीय तहको चुनाव जसरी पनि विकास र समृद्धिलाई बोक्न सक्ने सक्षम नेतृत्ले जित्नु पर्ने भन्दै कांग्रेसले हारेर केही हुदैन तर, देशले जित्नु पर्छ श्रेष्ठले भने । उनले थपे कांग्रेसले यो पटक कुनै हालतमा जित्नुको विकल्प छैन् । कांग्रेसको आवश्यकता पूरै देशमा भइसक्यो । देशले कांग्रेस मागेको छ ।' 

 

त्यस्तै उनले सम्पर्क समितिले हालसम्म ५० भन्दा बढि वडाहरुमा समिति गठन सम्पन्न गरेको भन्दै बाँकि वडाहरु चैतभित्र सक्ने गरि काम भैरहेको जानकारी गराए । 

 

एक नगरपालिका सहित ६ वटै गाउँपालिकाको समिति गठन सकिएको उनको भनाई छ । जिल्लामा कांग्रेस एक ढिक्का रहेको भन्दै समुन्द्रमा साना तिना छाल आउनु स्वभाविक भएको तर्क गरे ।