सभापति ‘कान्छाराम’ भन्छन्-‘पार्टीभित्र सानातिना समस्या हुन्छन्,समाधान् पनि हुन्छन्, आधिकारीकता बुझेर मात्रै लेखिदिनुहोस्’,यस्तो छ कार्यप्रगति (भिडिओ)

| चैत ८, २०७८ मंगलबार

A A A
A A A

८ चैत,रामेछाप । नेपाली कांग्रेसका सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले पार्टीभित्र सानातिना समस्या हुनु ठूलो कुरा नभएको स्पष्ट पारेका छन् । उनले पार्टीको बारेमा सम्बन्धित पक्षसंग नसोधी बिना आधार समाचार प्रकाशन प्रशासरण हुदाँ पनि अनर्गल प्रचार भएको बताए । ‘पार्टीमा छलफल,बादबिवाद हुन्छन्। समस्या हुन्छ, सबैलाई चित्न नबुझ्न सक्छ। तर, छलफल गरेर समाधान् हुन्छन् । बाहिर आएको जस्तो हाम्रो पार्टीमा ठूलो समस्या छैन् ।’

 

सोमबार सदरमुकाम मन्थलीमा पदाधिकारी सहित पत्रकार सम्मेलन् गर्दै सभापति तामाङ्ले यस्तो बताएका हुन् । केही दिन यता कांग्रेस रामेछापमा पार्टीभित्र सभापति र सचिव दीपक खड्का समूहका केही टिमबीच विवाद् रहेको चर्चा चलेको विषयमा उनले कांग्रेस रामेछाप एक रहेको भन्दै विवाद नरहेको स्पष्ट पारे । 

 

उनले आफू सभापति बनेपछि करिब १७ सय जना पार्टी प्रवेश गरेको जानकारी दिए । उनले जिल्लाका आठवटै स्थानीय तहमा पुगेर पदाधिकारी बैठक बसेको जानकारी गराउदै रामेछापले ऐतिहाशीक काम गरेको दाबी गरे । 


उनले कांग्रेस रामेछापले ७ महिनामा गरेका कार्यप्रगती सुनाए । काम गर्दा सानातिना गल्ती हुने भन्दै गल्ती भएको भए पत्रकारसम्मेलन मार्फत माफी मागे । ‘सबै एक छौं,चुनावमा घर घर पुगेर कांग्रेसलाई जिताउन लाग्नुको हामीसंग विकल्प छैन् । गाउँ, टोल, घर घर जादैछौं ।’ 

 

उनले पत्रकार र राजनीतिक दल एक अर्काका परिपूरक रहेको भन्दै सत्य, तथ्य बुझेर समाचार, सूचना प्रकाशन प्रसारण गरिदिन आग्रह गरे । ‘पार्टीको बारेमा समाचार ,सूचना वा कुनै विषयमा मसहि हाम्र साथिहरुसंग एक चोटी सोधेर मात्रै लेख्दिने गर्नुस् पत्रकारहरुसंग भने ।’

 

भोली बुधबारदेखि ‘घर घर जाउँ कांग्रेस जिताउ’ अभियानलाई सफल पार्न पदाधिकारीहरु सहित पार्टीका सबै तहलाई निर्देशन दिए । उनले वडा, टोल कमिटीको चुनावमा विशेष भूमिका रहेको बताए । 

गठबन्धन गरेर जानेकी भन्ने प्रश्नमा केन्द्रको निर्देशन र आधिकारी पत्रप्राप्त भएपछि मात्रै बोल्छु भने ।