सभापति ‘कान्छाराम’लाई गठबन्धन् दलका नेताले फोन गरेर सोधे, निर्वाचनमा कसरी जाने ?

| चैत ८, २०७८ मंगलबार

A A A
A A A

८ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आफूलाई जिल्लामा रहेका गठबन्धनका नेताहरुले फोन गरेर चुनावमा कसरी जाने भन्ने विषयमा जिज्ञासा राखेको जानकारी गराएका छन् । ‘मलाई गठबन्धनका साथिहरुले फोन गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा चासो राख्नु भएको छ, यो विषयमा छलफल गरेर जाऊ भन्ने प्रस्ताव आएको हो ।’

 

सोमबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनमा बोल्दै सभापति तामाङ्ले यस्तो बताएका हन् । गठबन्धनकै कारण केन्द्रमा अहिलेको सरकार बनेको स्पष्ट पार्दै यसलाई टिकाएर जानु राम्रो हुने धारणा राखे । तर, केन्द्रबाट पार्टीले दिने निर्देशन बिना जिल्लामा कुनै पनि गठबन्धन नहुने उनको जिकिर छ । ‘मलाई माथिबाट आधिकारी रुपमा पत्र÷निर्देशन नआएसम्म गठन्धनको विषयमा छलफल हुदैन भनेको छु ।’ साथै आफूले पार्टीको आउदो बैठकले गर्ने निर्णयपछि मात्रै यसबारेमा छलफल गर्न सकिने जवाफ दिएको छु भने । 

 

काग्रेसले केन्द्रमा पनि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने गठबन्धन गरेर जाने बताउदै आएका छन् भने कांग्रेसभित्रकै केही नेताहरुले कांग्रेसले एक्लै निर्वाचमा जानु राम्रो हुने बताउदै आएका छन् । 

 

सभापति तामाङ्ले जिल्लामा स्थानीय स्तरको अवस्था र पस्थितिलाई ध्यानामा राखेर जाने बताए । कांग्रेस रामेछाप भोली बुधबारदेखि 'घर घर जाँउ, कांग्रेस जिताउ' भन्ने अभियान लिएर जनताको घरदैलो जाँदै छ ।