एकिकृत समाजवादी रामेछापले विभिन्न १५ विभाग गठन गर्दै तोक्यो जिम्मेवारीः कसलाई कुन विभाग हेर्नुहोस् ?
८ चैत, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी एस) रामेछापले पार्टीका सबै शक्ति निर्वाचनमा केन्द्रित् गर्ने निर्णय गरेको छ । साथै पार्टीले विभिन्न १४ वटा विभागहरु गठन गरि जिम्मेवारी समेत तोकेको छ ।
सोमबार सदरमुकाम मन्थलीमा बसेको पार्टीको दोस्रो बैठकले आसन्न निर्वाचनमा पार्टीलाई जिताउन तदारुका साथ लाग्ने निर्णय गरेको अध्यक्ष रमेशकुमार बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार बैठकले पार्टी संगठन विस्तार र स्थानीय निर्वाचन लक्षित विभिन्न विषयमा छलफल गर्दै निर्देशन सहित जिम्मेवारी हस्तान्तरण गरिको हो ।
बैठकमा जिल्ला ईन्चार्ज एवं केन्द्रिय पोलिट् ब्यूरो सदस्य देवशंकर पौडेल, केन्द्रिय सदस्य झम्क कंडेल पनि उपस्थित् थिए ।
कुन विभाग कसलाई ?
- स्कुल विभागप्रमुख –रमेशकुमार बस्नेत,
- संगठन विभाग प्रमुख– लालसिङ घिसिङ,
- प्रचार विभाग प्रमुख–गणेशबाबु खड्का,
- विद्यार्थी ईन्चार्ज–दिपक बुढाथोकी
- विद्यार्थी सह–ईन्चार्ज– अरुणसिंजाली मगर,
- युवा इञ्चार्ज–मिलन चौहान
- युवा सह–इञ्चार्जमा–तिर्थलाल श्रेष्ठ,पुष्प सिंजाली मगर, कारसाङ तामाङ,
- साहित्य कला तथा सांस्कृतिक विभाग प्रमुख–तिलक कार्की,
- उद्योग तथा वाण्ज्यि विभाग प्रमुख–विकास पुलामी,
- खेलकुद विभाग प्रमुख– सरोजगाहा मगर,
- सामान्य प्रशासन विभाग प्रमुख– टलक लामा,
- स्थानीय तह विभाग प्रमुख– धन योञ्जन,
- महिला विभाग प्रमुख– सरिता खाती,
- भौतिक पुर्वाधार विभाग प्रमुख– रामबहादुर बुढाथोकी,
- सम्पर्क समन्वय विभाग प्रमुख– विनोद श्रेष्ठ
