आदिवासी जनजाति महासंघको अध्यक्षमा रामेछापका गेल्जे शेर्पाको उम्मेदवारी घोषणा,जित्ने लग्बग् पक्का

| चैत ८, २०७८ मंगलबार

A A A
A A A

८ चैत,रामेछाप । रामेछापका गेल्जे शेर्पाले नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष उम्मेदवारी घोषणा गरेका छन् । भोली बुधबार ९ गतेदेखि सुरु हुन लागेको महांसघको १० ‌औं राष्ट्रिय महाधिवेशनमा उमाकुण्ड गाउँपालिका प्रितीका शेर्पाले आफ्नो उम्मेद्वरी घोषणा गरेका हुन् । 

 

नवलपुरको कावाशोती हुने तय भएको जनजातिको महाधिवेशनमा काग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका शेर्पालाई अध्यक्षको बलियो दाबेदार मानिएको छ । 

 

शेर्पा संगठन चुस्त नभएको चर्चा चलिरहेका बेला अध्यक्षमा सफल व्यवसायीको छबी बनाएका शेर्पाले उम्मेद्वरी लाग्नु सकारात्कम भएको धेरैको दाबी छ ।  महासंघको अध्यक्षको उम्मेदवारको बुद्ध घर्ती, दिवश राई, किरण सुनुवार र गोविन्द छन्त्याल चर्चा छन् ।

 

शेर्पाले जनजातिहरुका मुद्दा स्थापित गर्ने, ७७ जिल्लामा संगठन विस्तार गर्ने, जनजाति आन्दोलन र चेतनाको जागरण ल्याउने, महांसघको आफ्नै भवन बनाउने लगाएका एजेण्डा अघि सारेका छन् ।