१६४ जना दूध बिक्रि गर्ने किसानलाई दूध बोक्ने ‘ग्यालिन्’ निःशूल्क र १५५ जनालाई घाँसको बिउ ७०% अनुदानमा

| चैत ९, २०७८ बुधबार

तस्विर मुकुन्द खड्का ।
A A A
A A A

९ चैत,रामेछाप । रामेछापको मन्थली नगरपालिकाले कृषकहरुलाई दूध बोक्ने भाँडो र घाँसको बिउ वितरण गरेको छ । 

 

मंबलबार नगरपालिको पशु सेवा उपशाखा कार्यालय परिसरमा एक कार्यक्रमकाबीच किसानहरुको मागको आधारमा एक सय ६४ जना किसानलाई सो सामाग्री निःशूल्क प्रदान गरिएको पशु उपशाखा प्रमुख एवं पुशप्राविधिक मुकुन्द खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार व्यवसायीक रुपमा गाई र भैंसी पालन गरि दूध बिक्री गर्दै आएका दूग्ध किसानहरुलाई नगरप्रमुख रमेशकुमार बस्नेतले १० र २० लिटरको ‘स्टेनलेश, स्टिल मिल्क क्यान’ बोलिचालीको भाषामा ‘ग्यालिन’ हस्तानतरण गरेका हुन् । 

 

नगरपालिकाले गत वर्षहरुमा किसानहरुलाई ७० प्रतिशत अनुदानमा उन्नत जातका होल्स्टेन गाई, भैसी, बाख्रा, बंगुर दिएको थियो । रामेछाप जिल्ला मासू र अण्डा,दूधमा आत्मनिर्भर जिल्ला पनिहो।


प्राविधिक खड्काका अनुसार ‘मिल्क क्यान १६८ वटा ७० प्रतिशत अनुदानमा र बर्खे टियोसेन्टि घाँसको बीउ ६२.५ हेक्टर जमिनमा खेती गर्नको लागि एक सय ५५ जना कृषकलाई गरि कूल ५६५ केजी हस्तानतरण गरिएक हो ।


पशु सेवा शाखाको चालु आर्थिक वर्ष २०७८र८९ को स्वीकृत कार्यक्रम अनुसार गाई र भैंसी पालन गरि डेरि उधोगहरुमा दूध बिक्रि गर्दै आएका छनौट भएका किसानहरुलाई सो सामाग्री प्रदान गरेको हो ।