एमाले तिल्पुङ्ग–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा अधिकारी

| चैत ९, २०७८ बुधबार

A A A
A A A

९ चैत, रामेछाप । नेकपा (एमाले) तिल्पुङ्ग–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा टेकबहादुर अधिकारी चयन भएका छन् । 

 

बुधबार आज बिहान काठमाडौंमा भएको एक भेलामा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सम्पर्क मञ्च गठन भएको एमाले तिल्पुङ्ग वडा कमिटीले जनाएको छ। 

 

त्यस्तै उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिवमा रबिन्द्र बुढाथोकी चयन भएका हुन् । त्यस्तै उपसचिवमा दिनेश बोहरा 

 

कोषध्यक्षमा नितेश आलेमगरले जिम्मेवारी पाएका छन् । भने सन्जिव अधिकारी, अर्जुन अधिकारी, निरोज बोहरा, सन्जित भुजेल सदस्य बनेका छन् । 

 

जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्बाट काठमाडौंमा विविध कारणले पुगेका वडा बासीलाई निर्वाचनमा सहभागी गराउने उद्देश्य मञ्चगठन गरिएको हो ।

 

पछिल्लो समय एमाले रामेछापले जिल्ला, वडा, गाउँ, टोल, मञ्च गठनलाई तिब्र पारेको छ ।