रामेछाप प्रहरीको स्टिङ् अपरेसनः विभिन्न समयमा ठूला अपराधिक काण्डमा मुछिएका यी ६ अभियुक्त पक्राउ

| चैत ९, २०७८ बुधबार

A A A
A A A

९ चैत, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले विभिन्न अपराधिक घटनामा संलग्न ६ जना फरार प्रतिबादी पक्राउ गरेको छ । बुधबार विशेष सूचनाको आधारमा रामेछाप, काठमाण्डौ र भक्तपुरबाट पक्राउ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिको छ। 


पक्राउ पर्नेमा गोकुलगंगा गाउँपलिका वडा नं ५ नामाडी बस्ने प्रकास सुनुवार, रामेछाप नगरपालिका वडानं ८ डुम्रेखर्काका रामहरी खत्री, दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ पासिवनका श्री बहादुर मगर, मन्थली नगरपालिका वडा नं ४ सालुका दामोदर काफ्ले र गाण्डिव काफ्ले र सुनापती गाउँपालिका ३ हिलेदेवीका च्याङ्बा भन्ने रोज बहादुर थिङ छन् । उनीहरु विभिन्न समयमा अपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ । 


पक्राउ परेका ६ जनालाई जिल्ला अदालतहरूबाट विभिन्न मितिहरूमा भएको फैसला अनुसार कैद तथा जरिवाना असुल उपर गर्न बाँकी भई फरार रहेका अभियुक्तलाई  पक्राउ गर्न रामेछाप प्रहरी सफल भएको हो । 


उनीहरुलाई जिल्लाभित्र र बाहिर समेत सादा पोशाकमा प्रहरी कर्मचारीहरू खटाई सूचना संकलन तथा विश्‍लेषण गरी निगरानीमा पक्राउ गर्ने सफल भएको रामेछाप प्रहरीको भनाई छ। 

हेर्नुहोस् को-को पक्राउ परेका हुन् र के अपराध गरे ?

नामथरः प्रकास सुनुवार 
ठेगानाः जिल्ला रामेछाप गोकुलगंगा गाउँपालिका ५ नामाडी 
मुद्दाः बैंकिङ कसुर 
फैसला मितिः २०७७÷०३÷१९ गते
दण्ड जरिवानाः चार दिन कैद र रु ३,००,०००।–जरिवाना
पक्राउ मितिः २०७८÷१२÷०६ गते (एक वर्षपछि)
पक्राउ स्थानः जिल्ला रामेछाप मन्थली 


नामथरः रामहरी खत्री, 
ठेगानाःजिल्ला रामेछाप, रामेछाप नगरपालिका वडा नं ८ डुम्रेखर्क
मुद्दाः नकबजनी चोरी 
फैसला मितिः २०६८ साल
दण्ड जरिवानाः एक महिना पन्ध्रदिन कैद र रु ३८,७३७‍‍.५० जरिवाना
पक्राउ मितिः २०७८÷१२÷०८ गते (१० वर्षपछि)
पक्राउ स्थानःकाठमाण्डौ, कोटेश्वर


नामथरः श्री बहादुर मगर 
ठेगानाःजिल्ला रामेछाप दोरम्बा शैलुङ गाउँपालिका २ पासिवन 
मुद्दाः मूर्ति चोरी 
फैसला मितिः२०६२÷०१÷२२ गते
दण्ड जरिवानाः छ दिन कैद रु १,३३,३३३‍.३३ जरिवाना
पक्राउमितिः २०७८÷१२÷०८ गते (१६ वर्षपछि)
पक्राउ स्थानःकाठमाण्डौ स्वयम्भु


नामथरः दामोदर काफ्ले 
ठेगानाः जिल्ला रामेछाप मन्थली नगरपालिका ४ सालु 
मुद्दाःबैंकिङ कसुर
फैसला मितिः २०७६÷०८÷२५ गते
दण्ड जरिवानाः पन्ध्र दिन कैद र रु ११,२५,०००। जरिवाना
पक्राउ मितिः २०७८÷१२÷०८ गते (दुई वर्षपछि)
पक्राउ स्थानःकाठमाण्डौ गोठ्ठाटार 

नामथरः ‘च्याङ्बा’ भन्ने रोज बहादुर थिङ
ठेगानाः जिल्ला रामेछाप सुनापती गाउँपालिका ३ हिलेदेवी 
मुद्दाः सरकारी कागजात दस्तखत किर्ते
फैसला मितिः मिति २०७३÷०९÷१९ गते
दण्ड जरिवानाः एक वर्ष कैद र रु ५०जरिवाना
पक्राउ मितिः २०७८÷१२÷०८ गते (पाँच वर्षपछि)
पक्राउ स्थानः जिल्ला रामेछाप सुनापति 


नामथरः गाण्डिव काफ्ले
ठेगानाः जिल्ला रामेछाप मन्थली नगरपालिका ४ सालु 
मुद्दाः बैंकिङ कसुर 
फैसला मितिः २०७६÷०६÷०५ गते 
दण्ड जरिवानाः रु ३१७१८००। (जरिवाना
पक्राउ मितिः २०७८÷१२÷०८ गते (तीन वर्षपछि)
पक्राउ स्थानः काभ्रे, बनेपा