फकाएर चिया खाना जाउ भनि ३२ वर्षीय महिलालाई ‘बलत्कार’ गर्ने रुकुम बुढा मन्थलीबाट पक्राउ

| चैत ९, २०७८ बुधबार

तस्विर स्रोत रामेछा प्रहरी ।
A A A
A A A

९ चैत, रामेछाप । चिया खाना जाउँ भनेर फकाएर बाख्राको फर्ममा लागि ३२ वर्षकी महिलामाथि जबरजस्ती करणी गर्ने एक जना रामेछापको मन्थली स्थित भैशेश्वरबाट पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा दैलेख जिल्ला चामुण्डा गाउँपालिका वडा-४ खारगाँउ घरभई हाल रामेछापको मन्थली नगरपालिका वडा नं -१ बस्दै आएका अन्दाजी ३७ वर्षीय रुकुम बुढा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

बुढाले गत मंगलबार दिउँसोको अन्दाजी ३ ः०० बजेको समयमा ती महिलालाई चिया खान जाँउ भनि बाख्रा फर्ममा लगि जबरजस्ती करणी गरेको ती महिलाले बताएकी छन् । उनले आफूमाथि जबसरजस्ती करणी गरेको कुरा कसैलाई भनेमा ज्याननै खत्तम पारी गाएब बनाईदिन सक्छु भनि धम्कि समेत दिएको प्रहरी समक्ष बयान दिएकी छन् । 

 

जबरजस्ती करणी गर्ने बुढालाई मंगलबार ४ ः ३० बजेको समयमा भैसेश्वर सडकमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको हो ।