गेलुका वडा अध्यक्ष अधिकारी भन्छन्–‘जनता सामु गरेको ९०% बाचा पूरा गरे, बाँकि पनि धमाधम काम हुदै’(भिडिओ)

| चैत १०, २०७८ बिहिबार

A A A
A A A
१० चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुका वडा अध्यक्ष कृष्णहरि अधिकारीले आफूले निर्वाचनमा गरेको ९० प्रतिशत बाचा पूरा गरेको दाबी गरेका छन् । त्यती बेला भोट माग्न जाँदा गरेको घोषणापत्र अर्थात् बाचा आफूसंगै रहेको भन्दै अबको निर्वाचनमा फेरी जनताकोमा जाँदा यो-यो काम पूरा गरेका छौं भनेर जाने उनको भनाई छ ।


रामेछाप टाइम्ससंग स्थानीय निर्वाचन २०७९ विशेष कुराकानीमा बोल्दै अध्यक्ष अधिकारीले गत निर्वाचनमा गरेको १० प्रतिशत बाहेक सबै बाचा पूरा गरेको दाबी गरेका हुन् । उनले १० प्रतिशत पनि काम सुरु भएको तर पूरा नभएको बताए ।

स्थानीय सरकार बनेपछिको गेलु र तत्कालिन गेलु आकाश पातलको फरक रहेको भन्दै वडाभित्र, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगाएत पूर्वधारले वडा सम्पन्न भएको उनको जिकिर छ । ‘आधारभूत स्वास्थ्य केन्द्र भवनसहितको सुविधा सुरु भएको छ, विद्यालयमा आधारभूत र माद्यामिक तहमा नयाँ भवन निर्माणसहित पठनपाठन हुन्छ । सडकले सबै टोल–टोल जोडिएको, कालोपत्रेको लागि प्रक्रिया अगाडि बढेको छ, बिजुली सबै घर–घरमा पुगेको छ । खिम्तीसंग जोड्नको लागि पक्कि पुल निर्माण गर्न डिपिआर बनाएर काम हुदै छ । म मेरो कामबाट सन्तुष्ट छु अधिकारीले भने ।’


अध्यक्ष अधिकारीले राजनीति जनताको सेवा गर्नको लागि गरेको भन्दै ‘छोटेराजा’ र गाउँका सिंहदरबारका ‘राजा’ भन्ने घमण्ड निर्वाचित् जनप्रनिधिले त्याग्नु पर्नेमा जोड् दिए ।


साथै उनले मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत घमण्डी भएको आरोप लगाएका छन् । उनले भने ‘कुनै कुरामा ठिक पनि छन् तर, कतिपए कुरामा एकल निर्णय गरेर जान्छन् । स्वभाविक पनि हो । हामी आफ्नो वडामा बजेट, सुविधा पार्न खोज्छौं तर नगरप्रमुख बस्नेतले सोचे जति हाल्द दिदैनन् । मैले गरेपछि हुन्छ भन्ने सोच छ उनले भने ।’
 

‘मैले जनताको घर, टोल जहाँबाट हुन्छ त्यहीबाट सेवा गरेको छु, तत्कालिन गाविस अध्यक्ष समेत रहेका वडअधिकारीले भने ।’ 
रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार