हिमगंगामा माछा मार्न प्रयोग गरेको घरेलु ‘बम’ पड्किदा एक गम्भीर घाइते, दुई जना भाग्दै गर्दा पक्राउ

| चैत १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९ चैत,रामेछाप । हिमगंगा रामेछापमा माछा मार्न प्रयोग गरेको बम बिस्फोट् हुँदा एक जना घाइते भएका छन् । दुई जनालाई नियन्त्रणमा लिएको छ । 


आज बिहिबार बिहान रामेछाप नगरपालिका वडा नं ४ बसेरीको जलजलेस्थित् लिखु नदीमा माछा मार्न बनाएको घरेलु बम विस्फोट् हुदाँ रामेछाप नगरपालिका वडा नं ४ धारापानीका ३५ वर्षीय टुकबहादुर श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

घाइतेको उद्दार गरि साँघुटार अस्पतालमा लागिएको र त्यहाँ  सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाउन हेलिकप्टर जिकाउने प्रयास भैरहेको प्रहरी श्रेष्ठले बताए । 

 

श्रेष्ठका अनुसार सोही  घटनामा ३० वर्षीय बुद् लामा र २९ वर्षीय निमा लामालाई मोटरसाइकल 'बाईक'मा भाग्दै गर्दा पक्राउ गरिएको छ । उनीहरुलाई वडा अध्यक्ष टुपेन्द्र बहादुर तामाङ्ले नियन्त्रणमा  लिएका हुन् । अहिले प्रहरीको नियन्त्रणमा छन्।

 

घटना स्थालमा अहिले जिल्ला प्रहरी कार्यालय रामेछापबाटौ डिएसपी राजकुमार थिङ्सहितको टोली त्यस तर्फ प्रस्तान गरेको बताइएको छ ।