हातमै बम पड्किएर घाइते बनेका श्रेष्ठलाई काठमाडौं पठाइयो, तीन जना प्रहरीको नियन्त्रणमा

| चैत १०, २०७८ बिहिबार

A A A
A A A

१० चैत, रामेछाप । लिखु खोलामा माछा मार्न प्रयोग गरेको बम  पड्किएर घाइते भएका एक जनालाई काठमाडौं रेफर गरिएको छ, भने थप एक जना पक्राउ परेका छन् । 

 

आज बिहिबार बिहान रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा स्थित लिखु नदीमा माछा मार्न बनाउदै गरेको बम हातैमा पड्किदा सोही ठाउँका ३५ वर्षीय टुकबहादुर श्रेष्ठ घाइते भएका थिए । उनको उद्दार गरि साँघुटार प्राथामिक स्वास्थ्य चौकीमा समान्य उपचारपछि थप उपचारको लागि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यलय प्रमुख डिएसपी राजकुमार थिङले घटनास्थपबाट रामेछाप टाइम्सलाई जानकारी दिए । 


‘लिखु खोलामा माछा मार्न चार जना गएका रहेछन् । सलाईको काँटाको बारुद्द प्रयोग गरेर बम बनाएको भन्ने प्ररम्भिक अनुसन्धानबाट खुल्यो । श्रेष्ठको हातैमा बम पड्किएको रहेछ । उनलाई काठमाडौं पठाइएको छ थिङ्ले रामेछाप टाइम्ससंग भने।’

 

बिहान घटनामा संलग्न बुद्ध लामा, निमा लामा पक्राउ परेका थिए भने थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थिङ्ले रामेछाप टाइम्ससंग भने ।

 

उनका अनुसार सोमबहादुर विकलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटना बारे थप सोधपुछ भैरहेको उनले जानकारी दिए ।  ।