नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय अध्यक्षमा रामेछापका गेल्जे शेर्पा अत्याधिक मतसहित बिजयी

| चैत ११, २०७८ शुक्रबार

A A A
A A A

११ चैत,रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका प्रितीका गेल्जे शेर्पा (लामा) नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा बिजयी भएका  छन् । 

 

गत बुधबार र बिहिबार नवलपुर जिल्लाको कावासोतीमा सम्पन्न केन्द्रिय १० औं अधिवेशनबाट शेर्पा अत्याधिक मतकासाथ विजयी भएका हुन् । गएराति सम्पन्न चुनावमा सोनाम लामा वालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी भएका हुन् । उनले ४४ मत प्राप्त गर्दा वालुङ्गले ८ मत प्राप्त गरे । 

 

नेपाल शेर्पा संघको अध्यक्ष समेत रहेका उद्योगपति शेर्पा आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा पुगेका हुन् । उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका छन् । 

 

त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती र महासचिवमा दिवश राई निर्वाचित भएका छन्।

 

त्यस्तै सचिवमा खुल्ला तर्फ मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी र विकास सुरेल चुनिएका हुन् ।