कांग्रेस रामेछापले लिखित रुपमा सुझाव माग्यो ‘गोविन्द खड्का’लाई पार्टी प्रवेश गराउदा हुने फाईदा र बेफाइदा ? (पत्रसहित)

| चैत ११, २०७८ शुक्रबार

A A A
A A A

११ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछापले एमालेबाट निर्वाचित लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई पार्टी प्रवेश गराउदाँ पार्टीलाई के फाईदा हुन्छ भनेर सम्बन्धित निकायसंग लिखित रुपमै सुझाव मागेको छ। 

 

गत निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित् खड्का कांग्रेसभित्रिने चर्चा सतहमा आएसंगै कांग्रेस सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ले पत्र लेखेरै पालिकाभित्रका कार्यसमिति, सबै वडा कार्यसमितिहरूलाई सुझाव पठाउन माग गरेका हुन् ।

 

कांग्रेस सभापति तामाङ्ले लेखेको पत्रमा भनिएको छ–वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका सबै उम्मेदवार हरुलाई विजयी गराउने सन्दर्भमा व्यापक छलफल र अन्तरक्रिया समेत भएको छ । सो सन्दर्भमा लिखु तामाकोशी गाउँपालिकामा एमालेबाट निर्वाचित गाउँपलिका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई नेपाली कांग्रेसमा प्रवेश गराउदा पार्टीलाई हुने फाइदा÷बेफाइदा के हुन्छ ? भन्ने विषयमा त्यस वडाका रायसुझाव लिखित रुपमा मिति २०७८ चैत्र १२ गते भित्र जिल्ला कार्यसमितिमा पठाई सहयोग गरिदिनु होला’

 

नेकपा एमालेबाट निर्वाचित खड्का कहिले कर्मचारीलाई कुटपिट गर्ने, कहिले कार्यपालिका बैठकमानै कुर्सी उचालेर कार्यपालिका सदस्य माथि आक्रमणको प्रयास गर्ने, कहिले उपभोक्ता समितिका मानिसलाई कोठामा थुनेर रकम असूल्न खोज्ने आरोपमा उनी बिवादित् बनेका थिए ।

 

साथै ठगी, बलात्कार, शिरिर बन्धक लगायतका मुद्दाको आरोपमा खड्का जेल पनि बसेका थिए । 

 

खड्का पछिल्लो पटक गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षका विरद्ध मुद्दामा पनि विवादमा परेका थिए । यस्तै विवाद्का कारण नेकपा एमालेले पार्टीबाट निष्काशन गरेपछि खड्का कांग्रेसमा आउने तयारीमा जुटेका हुन् ।

कांग्रेसले खड्कालाई पार्टी प्रवेश गराउँदा सो पालिकाभित्रको कांग्रेस सिंगो पार्टीलाई पुग्ने फाइदा समेत लेखा जोखा गरिरहेको स्रोतको दाबी छ । 

पत्र हेर्नुहोस्