बनेपामा बसले ठक्कर दिदा रामेछाप देउरालीका सुनिल खड्काको ज्यान गयो, सन्तोष घाइते

| चैत १२, २०७८ शनिबार

फोटो स्रोत सामाजिक संजाल, ज्यान गुमाएका सुनिल खड्का ।
A A A
A A A

१२ चैत,रामेछाप । काभ्रेको बनेपामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार रामेछापका एक युवकको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । 

 


अरनिको राजमार्ग अन्तर्गत बनेपामा बा २ ख ५२९४ नम्बरको बसले ठक्कर दिँदा रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउराली घर भएका २८ वर्षीय सुनिल खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

 

दुई जना सवार मोटरसाइकल खड्काले चलाएका थिए । उनको पछि २७ वर्षीय सन्तोष खड्का रहेको र उनी घाइते भएका छन् । उनको ललितपुर स्थित मेडिसिडी अस्पतालमा उपचार भैरहेको छ ।  


बनेपाबाट धुलिखेल तर्फ हिडेको बसले विपरित दिशाबाट आउदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको काभ्रे प्रहरीको सूचना शाखाले जनाएको हो ।


ठक्कर दिने बस चालकलाई बनेपा स्थित ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ