रामेछापको सुकाजोरमा भिषण आगोलागीः ५ घर जलेर नष्ट, निभाउने प्रयास जारी

| चैत १२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१२ चैत,रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थित रजैछाप गाउँमा भिषण आगोलागी भएको छ । 


आगोलागीमा परि हालसम्म ५ घर पूर्णरुपमा जलेर नष्ट भएको रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापामगरका स्वकीय सचिव लक्ष्मण श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार बिचको ४/५ घर बचाउन सकिन्छ, कि हामी कोशिस गर्दैछौं। ५ घर पूर्णरुपमा जलेर नष्ट भएछन् । यी घरको केही बाँकि रहेनछ, श्रेष्ठले भने ।
 

‘हामीले २ बजेको समयमा आगो लागेको थाहा पायौं । आगो लागेको ठाउँमा पुग्नलाई धुवाँको मुस्लोले समस्या भएको छ । करिब केही घरहरु आंशिक जलेका छन्, निभाउन प्रयास हुदैछ । प्रहरीको टोली पनि आएको छ श्रेष्ठले भने ।’

 

हालसम्म प्राप्त जानकारी अनुसार आगोलागीमा मानवीय क्षति नभएको बताइएको छ, भने केही पशुचौपाए भने आगोलागीमा परेको दाबी गरिएको छ । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापले पनि आगोलागी भएको जानकारी आएको भन्दै घटना बारे बुझ्दै गरेको जनाएको छ ।  घटना बारे थप जानकारी आउन बाँकि छ ।