रमेश बस्नेतले भने ‘अब सक्षम जनप्रतिनिधि छन्नुहोस्, विकास र उद्म बढाउनुहोस्’

| चैत १२, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१२ चैत,रामेछाप । रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले सक्षम जनप्रतिनिधि चुन्न जनतालाई आग्रह गरेका छन् । महिलाहरु उद्मी बनेर राष्ट्र निर्माणमा सहयोग पुर्याउनु पर्ने उनको भनाई छ । 

आज शनिबार सदरमुकाम मन्थलीमा रामेछाप महिला उद्मी संघको दोस्रो साधारण सभा कार्याक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् । उनले ‘जे-जे भएपनि भयो, अब तपाईहरु पनि सक्षम हुनुभैसक्नुभयो । देशलाई विकासको खाँचो छ, विकास गर्ने र सक्षम जनप्रतिनिधि चुन्नुहोस् भने।’

 

उनले महिलाहरुलाई नेतृत्मा आउनुहोस् भने । ५ वर्ष मन्थली नगरपालिकामा नगरप्रमुख जिम्मेवारी समालेका बस्नेतले पैसाको अभावमा उद्यम गर्न कोही पनि पछि पर्नु नपर्ने आश्वासन दिए । उनले मन्थली नगरपालिका भित्रका जोकोहीले उद्म गर्न चाहेमा नगरसाँची बसेर राष्ट्रिय वाणिज्य वैंकबाट २ प्रतिशत ब्याजमा लगानी उपलब्ध गरिदिने बचन दोहोर्याए ।‘उद्म गर्न चहाने साथिहरु अगाडि आउनुहोस् हामी सहयोग गर्न तयार छौं ।’

 

नगरपालिकाको ५ वर्षीय कार्यकालको अन्तिममा रहेका बस्नेतले ५७ औं पटक नगरकार्यपालिकाको बैठक बसेको जानकारी गराए । '५७ औं पटक बैठक बस्यौं, कुनै दिन उज्यालो मुख लगाएर बाहिर निस्किएको दिन भए । सोचेको जस्तो काम गर्न सकिएन कोरोना महामारीकै कारणले बजेट कोभिड रोकथाममा खर्च गर्नु पर्यो । २ वर्षको बजेट कोरोना नियन्त्रणमै खर्च गर्नुको विकाल्प भएन, यसले गर्दा अन्य ठाउँ,उत्पादनशिल क्षेत्रमा लगानी गर्न सकिएन बस्नेतले भने।’  

 

सोचेको काम सबै पूरा गर्न नसकेको उनको स्वीकारोक्ति छ । उनले आफूले बलियो जग बसाल्ने काम गरेको भन्दै अबको नेतृत्व चुन्ने जिम्मेवारी सचेत नागरिकको भएको तर्क गरे ।