सुकाजोरमा आगोलागीमा परि ११ घर जलेर पूर्ण रुपमा नष्ट (फोटोफिचर)

१२ चैत, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोको रजयछापमा आगोलीमा परि ११ घर जलेर नष्ट भएका छन् ।
आज शनिबार ३ ः ३० बजेको समयमा रजयछाप स्थितमा बिनोद श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको एकतले कच्चि (खाली) घरमा करेन्ट सट भएर आगो लागको प्रहरी चौकी रामेछाप डाँडाँले जानकारी दिएको छ ।
जसअनुसार आगो लागेको घरसहित नजिकका १० घर जलेर नष्ट भएका हुन् । आगोलागीमा सम्बन्धित घरहरुको नजिकका गोठहरु समेत जलेका छन् ।
घटनामा मानवीय क्षती भने भएको छैन् ।
आगो जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी, नेपाली सेना, रामेछाप नगरपालिकाको टोली, स्थानीय लगाएतको सहयोगमा नियन्त्रणमा आएको नगरप्रमुख नरबहादुर थापामगरका स्वकीय सचिव लक्ष्मण श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।
आगो अहिले नियन्त्रणमा आएको छ । क्षेती कति भयो भन्ने आज राति भएकाले गर्न समस्या भएको छ । कसैको घरमा लाखौ रुपैयाँ राखेको कुरा छ । धेरै क्षती भएको छ आँकलन गर्न सकिन्न उनले भने ।’
आगोलागीमा परि क कसको घर के जल्यो हेर्नुहोस्
- रामेछाप रामेछाप नगरपालिका वडा नं ७ रजयछाप बस्ने बिनोद श्रेष्ठको ढुङ्गा माटोले बनेको खरले छाएको १ तल्ले कच्ची घर र गोठ जली नष्ट
- सोही ठाउँ बस्ने हिमलाल श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने एकलाल श्रेष्ठको ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने दलबहादुर मगरको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने धन बहादुर श्रेष्ठको ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने तेजबहादुर श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने चिरन्जिबि श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने ठेगबहादुर मगरको ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने ईश्वरलाल श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने धन बहादुर मगरको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
- सोही ठाउँ बस्ने शंकर श्रेष्ठ ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट
स्रोत जिल्ला प्रहरी कार्याल रामेछाप