सुकाजोरका आगोलागी पीडित परिवारलाई कांग्रेस सभापति ‘कान्छाराम’द्वरा एक लाख १० हजार आर्थिक सहयोग

| चैत १३, २०७८ आइतबार

A A A
A A A

१३ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले सुकाजोरको रजैछापका आगोलागी पीडितलाई आर्थिक सहयोग प्रदान गर्ने भएका छन् । 

 

 

उनले प्रति परिवार नगद १० हजारका दरले एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको नेपाली कांग्रेस प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । प्रवक्ता बोगटीले भने ‘सभापतिज्यूले १०–१० हजारका दरले सहयोग गर्ने बताउनु भएको छ ।’

 

सफल व्यवसायी र समाजसेवी समेत रहेका सभापति तामाङ्ले आगोलागी पीडित परिवारहरुको घाउमा मलम् लगाउने घोषणा गरेको हुन् । 

 

प्रवक्ता बोगटीले आगोलागीको घटना प्रति पार्टीको तर्फबाट दुःख ब्यक्त गरे । साथै यस्ता घटनाबाट जोगीन समेत समग्र जिल्ला बासीमा आग्रह गरे । 

 

शनिबार बिजुली सट भएर आगोलागी हुदाँ रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजैछाप गाउँका ११ घर र ११ गोठ पूर्णरुपमा नष्ट भएका छन् । 

 

आगोलागीमा मानवीय क्षती नभएपनि भौतिक रुपमा धनमाल सबै जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा लिएको छ । 

 

आगोलागीबाट कति क्षती भयो भन्ने एकिन हुन सकेको छैन् । क्षतीको विवरण आज आइतबार गरिने तयारी छ ।