सुकाजोरमा आगोलागीः उद्दार र राहातसंग संगै लिएर पुग्यो नगरपालिका,आर्थिक सहयोग गर्ने तयारी

| चैत १३, २०७८ आइतबार

A A A
A A A

१३ चैत, रामेछाप । तर सट भएर आगोलाग्दा धनमाल गुमाएर पीडित भएका सुकाजोरका आगोलागी पीडितलाई रामेछाप नगरपालिकाले तत्कालको लागि गाँस, बास र कपास उपलब्ध गराएको छ। 

 

शनिबार नगरपालिकाको वडा नं ७ सुकाजोर स्थित रजैछाप गाउँमा आगोलागीमा परि ११ घर र ११ गोठ पूर्ण रुपमा जलेर खरानी बनेपछि बिचल्लीमा परेका परिवारलाई उपप्रमुख सिर्जना खड्का सहितको टोलीले तत्कालको लागि अति आवश्यक खाध्यन्न, लत्ताकपडा, ओड्न-ओछ्याउन, पकाउने भाँडाकुडा प्रदान गरेको हो । उनीहरुलाईलाई आगो नियन्त्रणला लिने वित्तिकै नगरले सहयोग गरेको हो ।

 

आगो शनिबार दिउँसो १२ बजेको समयमा लागेको थियो । सामाग्री हस्तान्तरण गर्दै उपप्रमु खड्काले ‘नसोचेको घटना भएको भन्दै हामी सबै तपाईहरुको साथमा छौं । जेनहुनु त्यो भैसक्यो, अब पिर नगर्नुहोला । गुमेको सम्पती भर्न नसकेपनि गाँस,बास, कपासको लागि सबै मिलेर संरक्षण गर्ने छौं भनिन् ।’

 

उनले नगरको तर्फबाट भोकै बस्न नपरोस् भन्ने उद्देश्यले तत्काल सकेको सहयोग गरेको भन्दै अजै सहयोग गर्ने प्रतिबद्धता जनाइन् । जनतालाई दुःख परेको बेला स्थानीय सरकार जनताको साथमै रहेको अनुभुती गराउन आफूहरु तयार रहेको भन्दै जनप्रतिनिधि,राजनीतिक दल सहितलाई सहकेको सहयोग गर्न पनि उपप्रमुख खड्काले अपिल गरिन् ।

 

उनले नगरपालिकाको बैठक बसेर के गर्न सकिन्छ अजै आर्थिक पनि गर्ने बचन दिइन् । कुनै पनि घटनालाई अवसरको रुपमा लिनु पर्ने भन्दै दुःखलाई सुखमा परिवर्तनको लागि लाग्न पीडित परिवारलाई हौसला दिइन् । 

 

जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगरप्रहरी, रेड्क्रस, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुको सक्रियतामा बस्नको लागि गएरातिनै बासको पनि ब्यवस्थापन गरिएको छ। 

 

आगोलागीमा परि ११ घर र ११ गोठ पूर्णरुपमा ध्वस्त बनेपछि परिवारको हाल विच्चली भएको छ । उनीरुलाई नेपाली कांग्रेस, नेकपा एमाले सहितका विभिन्न नेताहरुले सहयोग गर्ने घोषणा गरिसकेका छन् । 
 

उनीहरुलाई विभिन्न ब्यक्ति, संघस्थाहरुले पनि सहयोग गर्ने क्रम सुरु गरेको जनाएका छन् ।