निर्वाचन आयोगले खटायो रामेछापका आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतः कुन स्थानीय तहमा को ? (नामावली)

| चैत १३, २०७८ आइतबार

तस्विरमाः गीत गुरुङ र रामप्रसाद पौडेल ।
A A A
A A A

१३ चैत,रामेछाप । निर्वाचन आयोगले रामेछाप जिल्लामा स्थानीय निर्वाचन २०७९ का लागि आठवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। 

 


जसमा जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा काठमाडौं जिल्लाका न्यायाधीश दिवाकर भट्टलाई खटाइएको जिल्ला निर्वाचन आयोग रामेछापका प्रमुख मधुकर साहले रामेछाप टाइम्सलाई जानकारी दिए।

 

त्यस्तै पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा  जिल्ला प्रशासन कार्यालय रामेछापमै कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङलाई जिम्मेवारी दिएको छ ।  

 

त्यस्तै उमाकुण्डमा योगेन्द्र प्रसाद ढुङ्गेल, गोकुलगंगामा रामप्रसाद पौडेल, लिखु तामाकोशीमा महेन्द्र कुमार सापकोटा, खाँडादेवीमा बासुदेब लम्साल, सुनापतिमा लक्ष्मण उपाध्याय घिमिरे र दोरम्बा शैलुङ गाउँपालिकामा प्रेमराज पौडेललाई खटाएको हो । 

 

आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन् हुदै छ । जसअनुसार सबै राजनीतिक दलका नेता कार्यकर्ताहरु चुनावी प्रचार प्रशारमा ब्यवस्त छन् । 

को को हुन् हेर्नुहोस्