अशक्त र वृद्धवृद्धालाई मतदान स्थलसम्म प्रक्रिया पुर्याएर सवारीको व्यवस्था हुन्छ-प्रमुख साह [अन्तर्वाता भिडिओ]

| चैत १५, २०७८ मंगलबार

A A A
A A A

१५ चैत, रामेछाप । आसन्न स्थानीय तह निर्वाचनमा अशक्त र वृद्धवृद्धालाई मतदान स्थलसम्म प्रक्रिया पुर्याउन सवारीको व्यवस्था गर्न सकिने जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले स्पष्ट पारेका छन् । यो निर्वाचनलाई कोरोना महामारीबाट समेत सुरक्षित बनाउने गरि लागि परेको जानकारी दिदै साहले भने 'शारिरीक रुपमा अशक्तहरुलाई आवश्यकताको आधारमा पास प्रयोग गरेर सवारी साधनको व्यवस्था गर्न सकिन्छ । मतदाताको अधिकार र आवश्यकतालाई हेरेर सवारीले पुर्याएर घरसम्म छाड्न सकिने व्यवस्था छ ।’ 


 निर्वाचनको काम द्रुत गतिमा अगाडि बढिरहेको उनले बताए । 

 

मंगलबार आज रामेछाप टाइम्ससंगको निर्वाचन विशेष कुराकानीमा प्रमुख साहले जिल्लामा सबै तहमा छलफल तथा सहकार्य गरेर चुनाव लक्षित काम गरिरहेको बताएका हुन् । ‘सिडिओसाप,सबै सुरक्षा टिम, राजनीतिक दलहरु, स्थानीयहरु, जानकारहरुसंग हामी सहकार्य र समन्वय गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउदै छौं ।’

 


निर्वाचनलाई सफल पार्न आफू सबैसंग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेको उनको भनाई छ । साहले आउदो निर्वाचन देश र जनताको भएको समरण गराउदै उनले सबै मिलेर यसलाई सफल पर्न आग्रह गरे । 

 

आचरणसिंहता लागू हुने बित्तिकै कडाईका साथ पालना गर्न उनको जिकिर छ । माथिबाट लागू हुनेबित्तिकै हामी कडाइका साथ कार्यन्वयनमा जान्छौं ।’