रजयछापका आगोलागी पीडितलाई एमाले नेता गौतमले दिए ६ लाख बराबरको खाद्यन्न र जस्तापाता, व्यक्ति तथा संस्था सहयोगमा जुट्दै

| चैत १५, २०७८ मंगलबार

एमाले कार्यकर्ता सामाग्री हस्तान्तरण गर्दै, तस्विर स्रोत सामाजिक संजाल।
A A A
A A A

१५ चैत, रामेछाप। नेकपा एमाले रामेछापका नेता रत्नप्रसाद गौतमले सुकाजोर स्थित जरयछाप गाउँका आगलागी पीडितहरुलाई ६ लाख बराबरको खाद्यन्न तथा जस्ता पाता सहयोग गरेका छन् । 

 

गत शनिबार रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको रजयछापमा तार सट भएर आगोलाग्दा ११ घर र ११ गोठ जलेर नष्ट भएको थियो । सो आगोलागी पीडित ११ घर परिवारलाई नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका गौतमले ६ लाख बराबरको ३३ बण्डल जस्तापाता, ३३ बोरा चामल, ओड्ने कम्बल, साबुन, चिनी–चियापती लगायतका अत्यावश्यक सामानहरु सहयोग स्वरुप प्रदान गरेको नेकपा एमाले रामेछाप जनाएको छ।

 

सोमबार एमाले अध्यक्ष आनन्दकुमार श्रेष्ठसहितका एमाले कार्यकर्ताहरुले राहात सामाग्री पीडितहरुलाई हस्तान्तरण गरेका हुन् । 

 

त्यस्तै मन्थली स्थित पशुपति कपास उद्योग संचालक सरोज आलेले पनि आगोलागी पीडित परिवारलाई ११ थान डस्ना हस्तान्तरण गरेका छन् । भने विभिन्न व्यक्तिहरुले पनि आर्थिक नगद तथा जिन्सी सहयोग गरेका छन् ।

पशुपति कपास उद्योगका संचालक डस्ना हस्तान्तरण गर्दै, तस्विर साभार राजु बिक्रम बस्नेत ।

आगोलाी पीडितहरुलाई यसअगाडि रामेछाप नगरपालिकाले पनि अति आवश्यक सामानहरु प्रदान गरेको थियो ।

 

त्यस्तै नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ तामाङ्ले एक लाख १० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले प्रति परिवार १०-१० हजारका दरले आर्थिक सहयोग गर्ने बताएका छन् ।