उमाकुण्डमा कांग्रेस अभियान सकियोः सभापतिले भने ‘कम्युनिष्ट चुनाव आएपछि मात्रै पाइपका टुक्रा बोकेर गाउँ पस्न थाले’

| चैत १५, २०७८ मंगलबार

तस्विर प्रज्वल बुढाथोकी ।
A A A
A A A

१५ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछापले उमाकुण्डमा ‘घर–घर जाउँ, कांग्रेस जिताउ अभियान सकाएको छ । सोमबार पालिकाको केन्द्र प्रिती च्यादलुमा वृहत आमसभाको आयोजना गर्दै पहिलो चरणको अभियान सम्पन्न भएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रदेश सचिव एवं पालिका प्रतिनिधि प्रज्वल बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

सोमबार जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ सहित कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र नं १ ‘क’ का  सभापति निजोर खड्का, जिल्ला जिल्ला पार्टी प्रवक्ता एवं अभियानका पालिका संयोजक÷प्रतिनिधि नारायण बहादुर बोगटी लगायत करिब ६ सय जनाको उपस्थितिमा भव्य रुपमा अभियान सफल भएको बुढाथोकीले जानकारी दिए । 


आमसभालाई सम्बोधन गर्दै सभापति तामाङ्ले कांग्रेस नेपाली जनताको पार्टी भएको भन्दै ३६५ दिनै जनताको साथमा रहने बताए । उनले कम्युनिष्ट पार्टीहरु चुनाव जितेको ५ वर्ष पूरा भएर बल्ल अर्को चुनाब आएपछि पाइपका टुक्रा बोकेर भोट माग्न गाउँ छिर्न थालेको टिप्पणी गरे । उनले भने ‘कम्युनिष्ट् पार्टीबाट चुनाव जितेकाहरुले पाँच वर्षसम्म केही गर्न सकेनन्, बल्ल चुनाव आयो भन्ने थाहा पाएपछि जनतालाई  फकाउन पाइपका टुक्राहरु, बोकेर लुखर–लुखर गाउँ छिर्न थाले ।’

पाँच वर्ष सम्म केही गर्न नसक्ने तर अहिले शिलन्यास र उद्घाटन बढाउदै जनतालाई भ्रमित पार्ने काममा तल्लिन देखिएको उनले दाबी गरे । सभापति तामाङ्ले जनतालाई आश्वसन र आशा बड्ने काम मात्रै गरेको भन्दै कांग्रेसलाई चुनाव जिताएर त्यसबाट मुक्त हुन आग्रह गरे । 

 

अबको स्थानीय चुनावमा काँग्रेसलाई जिताउनको लागि सबै काँग्रेस एक भएर लाग्नु पर्ने भन्दै पार्टीभित्र भएका आन्तरिक समस्यालाई चुनावमा ‘इगो’ बनाउन नहुने बताए ।

 

७ दिनभित्र पहिलो चरणको अभियान सकिएको जानकारी  दिदै नेविसंघ प्रदेश सचिव बुढाथोकीले आजदेखि पालिकाभित्रका पार्टी निकट, भातृसंस्थाहरु, इकाई, टोल तरुण दल लगाएतले घरदैलोमा पुगेर भोट माग्ने र जनतालाई कांग्रेसको महत्व बुझाउने जानकारी दिए ।

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार