सुनारपानीका वडा अध्यक्ष कार्कीले भने ‘मेयरले बजेट नहाल्दिदाँ सोचेको काम गर्न सकिन’ (भिडिओ)

| चैत १५, २०७८ मंगलबार

A A A
A A A

१५ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका वडा अध्यक्ष रामबहादुर कार्कीले नगरप्रमुखले आफ्नो वडालाई सबै भन्दा पछि पारेको आरोप लगाएका छन् । उनले भने ‘यो ५ वर्षको अबधिमा बजेट भएको भए धेरै काम गर्न सक्थे तर, मेयर सावले मेरो वडामा कहिले बजेट भने जति हाल्न मानेनन् । त्यस्तैले सोचे जति काम गर्न सकिन ।’

 


रामेछाप टाइम्ससंग मंगलबार कुराकानी गर्दै वडा अध्यक्ष कार्कीले बजेट अभाबकै कारण आफूले गर्न चाहेको काम पनि गर्न नसकेको बताएका हुन् । ‘म ४५ सालदेखि विभिन्न पार्टीबाट निरन्तर वडा अध्यक्ष बनेको मान्छे हुँ । तर, जहिले पनि बजेट नभएर काम गर्न सकिन उनले भने । उनले ०७४ पछि केही बजेट पार्न सक्ने बाटो भएको हुदाँ यती काम गर्न सकेको हुँ ।’

 

सुनारपानीलाई यो ठाउँसम्म ल्याउन मैले धेरै दुःख गरेको छु । जनता पनि खुसी छन । बोरिङ् गरेर पानी निकालेको र घर घरमा पानी पुर्याउने योजना सबै  भन्दा महत्पूर्ण काम गरेको मलाई गर्व लाग्छ भने । बजेट पार्ने कुरामा मेयरसंग आफ्नो धेरै चोटी भनाभन पर्यो । अझै पनि बजेट माग गरेको छु भने । उनले थपे 'मेयरले सबै भन्दा मेरो वडालाई हेपे भने । 

 

आफ्नो वडामा सडक कालोपत्रे भइसकेको भन्दै अब शिक्षा  र खानेपानी पुर्याउन सके सुनारपानीका जनताको जिवन फेरीने दाबी गरे । उनले भने –एक करोड बजेट मेरो पहलमा पारेर अहिल घर घरमा धारा पुर्याउन काम धमाधम हुदै छ । पूरा गर्न पाए म खुसी हुने थिए ।’

 

भने जति र सोचे जती त गर्न सकिन तर, जति गरेको छु म सन्तुष्ट छु । जनता ख’सी छन् । अबपनि अध्यक्ष बनेर आएर सुरु गरेका कामलाई पुरा गर्ने चहाना छ ।’