दोरम्बाबाट ‘म्यादी प्रहरी’मा भर्ना हुन आएका इशान विकको तामाकोशी नदीमा डुब्दा ज्यान गयो

| चैत १८, २०७८ शुक्रबार

A A A
A A A

१८ चैत, रामेछाप । रामेछापमा म्यादी प्रहरीमा भर्ना हुन आएका एक किशोरको नदीमा डुब्दा ज्यान गएको छ । 

 

आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि ‘म्यादी प्रहरी’मा भर्ना हुन दोरम्बा शैलुङ् गाउँपालिका वडा नं २ बाट सदरमुकाम मन्थली आएका एक किशोरको तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । 

 

देशैभरी जस्तै रामेछापमा पनि जिल्ला प्रहरी कार्यालय रामेछापले म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढाइ रहेको छ, जसअनुसार विभिन्न क्रियाकलाप सदरमुकाम मन्थली स्थित हाटेचौरको खेलमैदानमा तालिम भैरहेको छ ।

 

 

सोही तालिममा सहभागी हुन आएका शारिरीक तालिममा नामसमेत निकालेका दोरम्बा शैलुङ् वडा नं २ का १९ वर्षीय इशान विक तालिम भैहेको नजिकै तामाकोशी नदीमा डुब्दा ज्यान गएको हो । उनको सव नदीबाट केही बेर अगाडि निकालिएको छ । 

 

उनले बिहिबार भएको दौड्, सेटप पुसप लगाएतमा नाम निकालेका थिए । आज उनी लिखित परीक्षा दिन गएका थिए ।