पूर्म मन्त्री एवं कांग्रेस महामन्त्री थापा आज रामेछाप आउदै

| चैत १९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१९ चैत, रामेछाप । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं महामन्त्री गगनकुमार थापा आज रामेछाप आउदै छन् । महामन्त्री बनेपछि उनी पहिलो पटक रामेछापमा आउन लागेका हुन् । उनी आउने भएसंगै रामेछापको सिंगो नेपाली कांग्रेस तयारीमा जुटेको छ । साथै कार्यक्रमको तयारी सकिएको छ ।  

 

महामन्त्री थापाले मन्थली नगरपालिका वडा नं १२ गेलुमा नवनिर्मित महादेवको मन्दिर उद्घाटन गर्ने तयारी रहेको नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापा आज बिहान ९ बजे हेलिकप्टरबाट गेलु ओर्लने छन् । 

 

त्यसपछि मन्दिर उद्घाटन गर्ने कार्यक्रम छ । थापालाई कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ सहितको टोलीले त्यहाँ स्वागत गर्ने छन् । त्यसपछि वडाले आयोजना गरेको एक पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने तयारी रहेको प्रवक्ता बोगटीले बताए । महामन्त्री थापा युवाहरुको ढुक्ढुकिको रुपमा परिचित् छन्। 

 

‘घर घर जाउँ, कांग्रेस जिताउ’ भन्ने मूल नाराको साथ गत चैत ९ गतेदेखि कांग्रेस रामेछाप जनताको घरदैलोमा पुग्दै व्यस्त रहेको छ । यसै कार्यक्रमलाई पनि थापाले प्रशिक्षण सहितको कार्यक्रमलाई पनि सम्बोधन गर्ने छन् ।