स्वघोषित अभियानता थापाले दिए ३६ विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री, आगोलागी पीडितलाई राहात

| चैत १९, २०७८ शनिबार

तस्विरमा यमबहादुर थापा, तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१९ चैत, स्वघोषित भ्रष्टाचार बिरुद्धका अभियान्ता यमबहादुर थापाले रामेछापका विद्याल–विद्यालयमा पुगेर भ्रष्टाचारको अभियान सुरु गरेको बताएका छन् । उनले रामेछापसहित देशभरिमा भएका सबै भ्रष्टाचारीहरुलाई सडकमा ल्याउने चेतावनी दिए । 

 

शुक्रबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरेर अब अभियानमा जुटेको घोषणा दोहोर्याएका हुन् । 

 

स्वाघोषित अभियानता थापाले ‘म पहिलो चरणमा मन्थली नगरपालिकाको ३३ वटा माद्यामिक विद्यालय, २ वटा आधारभूत विद्यालय र रामेछाप नगरपालिकाको एउटा विद्यालय गरेर कूल ३६ वटा विद्यालयमा पुगेर बालबालिकाहरुलाई भ्रष्टाचार बारे सचेतना कार्यक्रम गरे । यो मैले गरेको काम हो’ भन्दै प्रमाण स्वारुप भिडिओ देखाए ।

 

देशमा ब्याप्त भ्रष्टचार बढेको भन्दै भ्रष्टाचार गर्नेलाई अब बाँकि नराख्ने थापाले चेतावनी दिए । थापाले थपे ‘भ्रष्टचार अभियानसंगै विद्यालय विद्यालयमा पुगेर मैले प्रत्येक विद्यालयमा गरिब विद्यार्थीहरुलाई १‍० दर्जन कपि, कलम, र बुबाआमा वा बुवाआमा मध्ये एक जना नभएका ‘टुहुरा’ बालबालिकालाई ५÷५ सयका दरले नगद देको छु । साथै विद्यार्थीहरुको खेल राम्रो होस् भनेर पुगेका सबै विद्यालयलाई एउटा भलिबल पनि सहयोग गरेको छु यो सबै ब्यक्तिगत खर्चमा गरेको हुँ ।’

 

त्यस्तै उनले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको रजयछापमा गत चैत १२ गते आगोलागीमा परेका पीडित ११ घरपरिवारलाई समेत १–१ बोरा चामल,१–१ वटा डस्ना, आमाहरुको लागि १–१ थाना फरिया र पीडित परिवारका बालबालिकाको लागि १० दर्जन कपि प्रदान गरेको बताए । 

 

थापाले आफूले अब भ्रष्टचारको अभियान औपचारिक रुपमै सुरु गरेको भन्दै देशभरी यसको प्रभाव बढाउन कूल ७ सय ६३ जना सदस्यको टिम रहेको जानकारी दिए । 

 

त्यस्तै उनले जिल्लामा ९ पदाधिकारीको कार्यसमिति बनेर काम गर्न सुरु गरेको जानकारी दिए । मन्थलीमा केन्द्रिय कार्यालय स्थापना गरेर अभियान बढाएको उनले जानकारी दिए ।