गगन थापाले भने ‘ओलीले ५ वर्षसम्म जनताले चलाउन दिएको गाडी भिरबाट खसाले, जनतासंग हात जोडेर माफि माग्नु पर्छ, भोट हैन’

| चैत १९, २०७८ शनिबार

A A A
A A A

१९ चैत,रामेछाप । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतासँग हात जोडेर माफी माग्नु पर्ने बताएका छन् । ०७४ को निर्वाचनमा कम्युनिष्ट पार्टीले जनतासंग ५ वर्षको लागि हामीलाई जिताइदिनुस्, हामी सडक, रेल, ग्यासको पाइप पुर्याउछौं सहितको बाचा गरेको थिए । हामीले पनि जनताको चहाना हो भन्ने सम्झेर ५ वर्षसम्म चुप बस्ने निर्णय गर्यो । तर, ३ वर्ष नपुग्दै ओलीले सबैलाई फुटाउने, झार्ने काम गरे र जनतासँग गरे । त्यसैले बाँचा पूरा गर्न सकिन भने ओलीले हात जोडेर जनतासँग माफि माग्नु पर्छ ।’

उनले थपे ‘केपी ओलीले ५ वर्षसम्म चलाउन दिएको गाडी भिरबाट खसाली दिए । अहिले फेरी माफिको माग्नुको साटो फूर्ती लगाएर भोट माग्न जान थालेको टिप्पणी गरे । उनले ओलीलाई जनताले अब ५ वर्ष फेरी मत दिएर जिताएमा चलाउन सक्छौं भनेर सोध्नु पर्छ भने । 

 

 ०७४ को चुनावमा नेपाल कम्युनिष्ट पार्टीले पाएको दुई तिहाई किन थेग्न नसेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनले प्रश्न गरे । उनले महामानव वीपी कोईरालालाई ओलीले हत्याको आरोप लगाएको भन्दै आक्रोश पोखे । ओलीले आफू व्यक्ति हत्यामा १४ वर्ष जेल बसेको बिर्सेछन् के हो भने । 

 

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा १२ गेलु रजाई रामेछापमा नवनिर्मित अग्लेश्वर मन्दिर उद्घाटन समहारोलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका थापाले यस्तो प्रश्न उल्लेख गरेका हुन् । 

 

उनले ‘यो पटक जनताले कांग्रेसलाई भोट हाल्छन् कांग्रेसलाई देशले खोजेको छ, निर्धक्का भएर जनताको समस्या समाधान गर्न घर-घर पुगेर जनताको समस्या बुझ्नुस् भने ।’
जनतालाई पनि शक्तिको सही प्रयोग गर्न सबैलाई आग्रह गरे । उनले ‘मतदाताले आफ्नो मतको सहिसदुपयोग गर्न सक्नु पर्छ भने ।’

 

थापाले तीनै तहको निर्वाचन नजिकि सकेको भन्दै ५ वर्षको अबधिमा मैले हालको भोटको के के भयो । कति सदुपयोग भयोकि भएन भनेर मूल्याङ्कन गर्न पनि सुझाए । नेकपाले सडक, छुक्छुके रेल समेत सपना बाँडे तर क भयो  उनले प्रश्ने गरे ?

 

उनले पार्टीबाट उम्मेद्वर बन्नेहरुले मन्थलीमा ५ वर्ष चलाउन सक्नेले यो गर्न सक्छु भनेर आउनु पर्ने बताए ।  नत्र पार्टीले हेर्छ भने । महामन्त्री थापाले मन्दिर उद्घाटन गरेका छन् । साथै मन्दिर बनाएकोमा निर्माण टिमलाई धन्यवाद् दिए ।