मन्थली बसपार्कमा नवजागरण सहकारीले संचालनमा ल्यायो ‘एटिएम मेसिन’

| चैत २०, २०७८ आइतबार

A A A
A A A

२०,चैत,रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्लामै सहकारी संस्थाहरु मध्ये पहिलो पटक ‘एटिएम मेसिन’ सञ्चालनमा ल्याएको छ । योसँगै जिल्लामा सहकारीहरुमा सबै भन्दा पहिलो एटिएम मेसिनको सेवा दिनेमा नवजागरण पहिलो भएको छ ।

सहकारीको एटिएम मेसिन राखिएको स्थान, मन्थली रामेछाप । तस्विर मिलन घिमिरे, रामेछाप टाइम्स

६५ औँ सहकारी दिवसको अवसरमा जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले संयुक्त रुपमा सहकारीको एटीएम उद्घाटन गरेका हुन् । ‘एटिएम मेसिन’ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले बसपार्कमा राखिएको छ ।

 

सो अवसरमा बोल्दै नगरप्रमुख बस्नेतले मेसिन सञ्चालनमा ल्याएर नवजागरणले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । उनले सहकारीहरु पनि आर्थिक कारोबारमा जनताको साथमा रहेको उल्लेख गर्दै यसबाट जनताहरुले पनि सहि सदुपयोग गर्न सक्नु पर्ने मा जोड् दिए । 

 

एकिकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका बस्नेतले एटीएम मेसिनले आर्थिक कारोबारलाई एक कदम टेवा पुर्याएको उल्लेख  गरे ।