सहकारी दिवसः नगरप्रमुख बस्नेतले भने ‘उत्पादनशिल क्षेत्रमा लगानी गर्नुहोस्, नगर सहयोग गर्न तयार छ’, अध्यक्ष ढुङ्गेलको सहमति (फोटोफिचर)

| चैत २०, २०७८ आइतबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२० चैत, रामेछाप । ६५ औँ सहकारी दिवस रामेछापमा संयुक्त रुपमा भव्यताका साथ मनाइएको छ  । आइतबार आज जिल्ला सदरमुकाम मन्थलीमा जिल्लामा सक्रिय रुपमा काम गर्दै आएका ४ सय भन्दा बढी सहकारी संस्थाहरुले आ–आफ्नो ब्यानर,जनचेतनामूलक नारासहित र्याली प्रदर्शन गरी दिवस मनाएका हुन् । 

 

मन्थलीको मदन आश्रीत चोकदेखि बसपार्क सम्म ¥याली सहितको सहकारी अभियानताहरुको दिवस समारोह बसपार्क स्थित गुम्बा हलमा पुगेर कोण सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै मन्थली नगरपालिका नगरप्रमुख रमेशकुमार बस्नेतले जिल्ला सहकारी संघ रामेछापलाई नगद एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरे । ‘म जिल्ला सहकारीको समुन्नतिको  लागि एक लाख दिन्छु ।’ 

सहकारीको पूँजी देश विकासको लागि महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै मूलुकको कुल ग्राहस्थ उत्पादनमा ठूलो योगदान रहेको चर्चा गरे । सहकारी अभियानलाई बृहत र व्यापक बनाउनेमा जोड दिदैँ तीनै तहको सरकारले सहकारी ऐन, कानुन बनाई यसलाई नीति, विधि र पद्धतिबाट चलाउनु पर्नेमा जोड दिए ।

नगरप्रमुख बस्नेतले नगर भित्र छरिएर रहेका एक सय भन्दा बढी सहकारीहरुलाई कानुनी दायरमा ल्याएर हाल ६५ वटा मात्रै सेवा प्रवाहमा सक्रिय रहेको जानकारी दिए । सहकारीहरु सहि तरिकाले चल्नुपर्ने भन्दै नीति र विधिभन्दा बाहिर रहेका सहकारीहरुलाई कानुनी दायरामा ल्याउने चेतावनी दिए । 


उनले थपे ‘मन्थली नगरपालिका सहकारीहरुको विकास र समृद्धिको लागि काम गर्न सधैँ तयार रहेको प्रतिबद्धता छ ।’

 

त्यस्तै प्रमुख जिल्ला अधिकारी (सिडिओ‌) दिपक पहाडीले सहकारीहरु सबै नराम्रो नहुने भन्दै जनताको आर्थिक लगानीको  महत्वपूर्ण स्थान रहेको उल्लेख गरे । उनले ‘एउटा सहकारीले  नराम्रो गर्यो भन्दैमा सबै सहकारी नराम्रो हुँदैनन् भने ।’ सिडिओ पहाडीले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी बढाउँनु पर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका सभापति बद्रि नयाँघरे, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल, नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम थापा लगायतले सहकारीहरुको माध्यमबाट देशको विकास र समृद्धि हने बताए ।  अधयक्ष ढुङ्गेलले जनतालाई दुख दिने सहकारीहरुलाई कारबाहीको दाहेरामा ल्याउने प्रतिबद्धता जनाए ।