एकिकृत समाजवादीले चैतभित्र सबै पालिका र वडा कमिटी गठन सक्नेः लिखु तामाकोशीमा बिमल खड्का पालिका अध्यक्ष

| चैत २१, २०७८ सोमबार

फाइल फोटोः एस जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत ।
A A A
A A A

२१ चैत, रामेछाप । नेकपा (एकिकृत समाजवादी एस) रामेछापले चैत महिनाभित्र नगर, पालिका र वडा कमिटी गठन सम्पन्न गर्ने भएको छ । हालसम्म एस रामेछापले चार वटा गाउँपालिका कमिटी गठन सम्पन्न गरेको एसका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार सुनापति, दोरम्बा शैलुङ्, गोकुलगंगा र लिखु तामाकोशी गाउँपालिका कमिटी गठन भएको छ । खाँडादेवी र उमाकुण्ड गाउँपालिका र दुई नगरपालिकाको अध्यक्ष कमिटी गठन गर्न बाँकि रहेको छ । 

 

यी बाँकि रहेका पनि यहि चैत महिनाभत्रि सम्पन्न गर्ने तयारीका साथ काम भैरहेको एस अध्यक्ष बस्नेतले बताए । ‘हामीले हालसम्म ४ गाउँपालिका र १७ बाहेक सबै वडामा पालिका, वडा कमिटी गठन सकेका छौं । बाँकि यहि महिनामा सम्पन्न गर्छौं बस्नेलतले रामेछाप टाइम्ससंग भने ।’

 

एसले कमिटी गठन सँगै स्थानीय तहमा गाउँ, टोल–टोल पुगेर संगठन विस्तार, जनतालाई आश्वसन बाँड्ने, संगठन बुझआउने, पार्टी प्रवेश गराउने, उम्मेद्वार बारे बुझ्न काम एकै पटक गर्दै आएको छ । जसअनसार केन्द्रिय नेता देखि जिल्ला कमिटीका नेताहरु दौड् धुपमा छन् । 

 

एस गठबन्धनको पक्षमा रहेर चुनाव लड्ने पक्षमा देखिन्छ । गत शनिबार लिखु तामाकोशी गाउँपालिकामा बिमल खड्का चयनको अध्यक्षमा पालिका कमिटी गठन सकिएको हो । खड्काको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी गठन गरिएको उनले जानकारी दिए । 

 

उनका अनुसार पार्टीको पालिकाको सचिवमा चन्द्रबहादुर बुढाथोकी चयन भएका छन् ।

लिखु तामाकोशी गाउँपालिका कमिटीका पदाधिकारी यी हुन् हेर्नुहोस्