गेलुमा हावाहुरीको बिताण्डः ११३ घरगोठको छानो उडायो,करडौंको क्षती,एक जना घाइते

| चैत २१, २०७८ सोमबार

A A A
A A A

२१ चैत, रामेछाप । रामेछापको गेलुमा अचानक आएको हावाहुरीले विध्वङ्स मच्याएको छ । हावाहुरीले घर, गोठको छानो उडाउनुको साथै ठूला–ठूला रुखको जरैदेखि भाँचेको छ  । उडाएर लगेको छ ।

 


गत शनिबार राति करिब १२ बजेतिरको समयमा अचानक आएको हावाहुरीले मन्थली नगरपालिका वडा नं ११ गेलुको नाटिलामा एक सय १३ वटा जस्ताको छाना उडाएको स्थानीयहरुले बताएका छन् ।

 

स्थानीयहरु घरहरुको छानो हावाले उडाएर लगेपछि त्रिपालको बासमा बस्न बाध्य भएका छन् । ‘यस्तो हावा कसैले परिकल्पना पनि गरेको थिएनौं ।  ठूला–ठूला पिपलको रुखनै जरैदखि  उखेलेको छ । भाँचेको छ । उडाएर लगेको छ । घरगोठको छानो कहाँ पत्तो छैन् स्थलगत निरीक्षण गरेको पत्रकार युवराज श्रेष्ठले रामेछाप टाइम्ससंग भने।’  

 

हावाहुरीमा परि सोही ठाउँकी अन्दाजी ६२र६३ वर्षकी बोध कुमारी बोहोरा घाईते भएकी छन् । उनको मन्थली अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।

 

उक्त हावाहुरीमा मानवीय तथा पशुचौपाएको क्षती भने भएको छैन् । भौतिक क्षती ठूलो मात्रमा भएको बताइएको छ ।


हावाहुरीबाट ३१ घरधुरी पूर्ण रुपमा क्षती र ८२ घर आंसिक तथा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

 

हुरीमा परी पीडित परिवारहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी, सस्शत्र प्रहरी, नेपाल रेडक्रस जिल्ला शाखा, पत्रकारसहितको टोलीले स्थालगत निरीक्षण गरेको छ । साथै पीडित परिवारहरुलाई ४१ थान हस्तान्तरण गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी गराए ।

 

स्थलगत निरीक्षणको क्रममा हावाहुरीले करडौंको क्षेती पुर्याएको अनुगमन टोलीले प्ररम्भीक निष्कर्ष निकालेको छ ।