‘फेस्बुक फ्रेण्ड’ बनेर भेट हुँदा रामेछापकी महिला बलात्कृत, करणी गर्ने सिराहका यादव पक्राउ

| चैत २१, २०७८ सोमबार

सांकेतिक तस्विर
A A A
A A A

२१ चैत, रामेछाप । फेस्बुकमा चिनजान (च्याटिङ्) भएर भेटघाट हुँदा महिला माथि जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराह जिल्ला सिराह नगरपालिका वडा नं ८ बस्ने अन्दाजी २९ को मुकेश कुमार यादव रहेका छन् । 

 

उनले रामेछापकी ३६ वर्षीय बिबाहित महिलामाथि (महिलाको पूरा ठेगाना गोप्य) जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछाप जानकारी दिएको छ । उनीहरुबीच सामाजिक संजाल फेसबुकमा चिनजान भएको बताइएको छ । फेस्बुक ‘फ्रेण्ड’ बनेका उनीहरु गत मंगलबार ती महिला काम बिषेशले सदरमुकाम मन्थली आएकी थिइन् । 

 

त्यसै बेलानै ती महिला र यादवबीच भेटघाट भएपछी यादवले खाजा खान जाँउ भनि मन्थलीको तामाकोशी अस्पाल नजिकै रहेको एक होटलमा लगेर महिला माथि बलत्कार गरेको खुलेको हो ।

 

यादवले महिलालाई खाजाको निउँमा कोठामा लगेर, कोठाको चुकुल लगाएर करणीको प्रयास गरेको र बाहिर हल्ला गरेमा ठिक हुंदैन भन्दै धम्क्याएको ती महिलाले बताएकी छन् । 

 

महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै उजुरी गरेपछि गत शनिबार राति ८ ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरीको समन्वयमा यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।


पक्राउ परेका यादव माथि म्याद थप गरि अनुसंधान भइरहेको श्रेष्ठले बताए ।